नेपाली कांग्रेसका युवा नेता तथा सह-महामन्त्री जीवन परियार नेपाली कांग्रेसले जस्तो दलित समुदायलाई अरु पार्टीले सम्मान गर्न नसक्ने बताउनुभएको छ । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसले रघुगंगा–२ भगवतीमा गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

म एउटा दमाइको छोरो भएर अहिले पाटीको सह-महामन्त्री भएको छु, उहाँले भन्नुभयो, ‘अहिले सम्म नेपाली कांग्रेसले जस्तो दलित समुदायलाई समेटर अघि अहिले सम्म कसैले लगेको छैन ।’

त्यस्तै नेपाली कांग्रेसको पूर्व पाटी सभापती संविधान सभा सदस्य रेशम बहादुर बानियाँले अहिलेको चुनावमा हरेका स्थानमा कांग्रेसको जनलहर भएको बताउदै अन्य पाटीले जितेको पालिका र रघुगंगा गाउँपालिकाको विकासको गति गर्न आग्रह गर्दै एक पटक पुनः भबबहादुर भण्डारीको टिमलाई रुख चिन्हमा भोट हाल्न आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भव बहादुर भण्डारीले पहिलो पाँच बर्षमा विकासको जग थापेको र यस पटक भोट दिएर त्यी विकासका काम पुरा गर्ने अवसर दिन आग्रह गर्नुभयो । उहाँले पाँच बर्षको अवधिमा एक रुपैयाँको पनि आफुबाट भ्रष्टचार भएरको प्रमाणीकरण गर्नु चुनौती दिदै जनताको सामु आफ्नो हारको मानसिकता भएर विपक्षीले नकारात्मक प्रचार गरेको आरोप लगाउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार प्रेम कुमारी पुनले आफुले विभिन्न संघ संस्थामा र विद्यालयमा बसेर जनताको र विद्यार्थीको सेवा गरेको बताउदै यस पट भोट दिएर पालिकाको जनताको सेवा गर्ने अवसर दिन अनुरोध गर्नुभयो । उहाँले आफु कुनै समय भगवतीको खेलमैदानमा भलिबल खेलेर जित हासिल गरेको सम्झदै यस पटक पालिकामा आफुहरुको जित हुनेमा विस्वत रहेको बताउनुभयो ।

वडा नं. २ मा वडा अध्यक्षको प्रत्यासी लोक बहादुर भण्डारीले यस पटक आफुलाई भोट दिएर भाषण भन्दा काम गरेर देखाउने अवसर दिन आग्रह गर्नुभयो । उहाँले वडाका हरेक बस्तीमा बाह्रै महिना सवारी सञ्चालन हुने सडक विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका उप सभापती केबी भण्डारी, कांग्रेसको निर्वाचन क्षेत्र (क) का सभापती ओम छन्त्याल, महाधिवेशन प्रतिनिधि शिब केसी, अजय मिलन श्रेष्ठ लगायत बोल्नुभएको थियो ।

Leave a Reply