पहिलो संविधान सभाको निर्वाचनमा एउटै मञ्चबाट भोट मागेका गमबहादुर श्रीष र गोविन्द पौडेल करिब डेढ दशकपछि एउटै मञ्चमा भेट भएका छन् । बि.स २०६४ सालमा सम्पन्न भएको संविधान सभामा समानुपातिक तर्फबाट श्रीष र प्रत्यक्षतर्फबाट पौडेल विजय भएपछिएउटै घरमा बसेर संविधानसभाको हलमा प्रवेश गर्ने गरेका थिए ।

नेकपा माओवादी विभाजित भएपछि मोहन बैद्य समुहमा लागेपछि दोस्रो संविधान सभा, स्थानीय तह, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन समेत बाहिस्कार गरेका श्रीष र माओवादी केन्द्रमै बसेर राजनीतिक गतिविधिमा सक्रिय पौडेलबिच मंगला गाउँपालिका–३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा भेट भएको हो ।

निर्वाचन बहिस्कार र सर्मथन तथा राजनीतिक कार्यदिशाले अलग भएकाम्याग्दीको जनयूद्ध हाकेका दुई नेता एकै मञ्चमा सहभागी भएर माओवादी केन्द्रका उम्मेदवारको पक्षमा बोलेपछि कार्यकर्ता समेत उत्साहित भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता श्रीषले माओवादी विभाजन हुदाँ नेकपा एमाले र नेपाली कांग्रेसले फाईदा लिएको भन्दै एकता र सहकार्यबाटै निर्वाचन आफ्नो पक्षमा पार्नुपर्नेमा जोड दिएको माओवादी केन्द्रका यूवा नेता भाइरत पाण्डेले बताए ।

‘जनयूद्धका दुई नेता एकै ठाउँमा देख्दा हामीलाई समेत उर्जा मिल्यो,‘अब मंगलामा माओवादीले आफ्नो शक्तीलाई बलियो बनाउँछ’ पाण्डेले भने । माओवादीको आमसभामा विगतका कमीकमजोरीलाई सच्चाउँदै पालिकाभित्र माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका उम्मेदवारलाई विजय बनाउन आवश्यक सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज पौडेलले जनयुद्धको उपलब्धीलाई रक्षा गर्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई जिताउन उपस्थित मतदातालाई आग्रह गरेका थिए । त्यस्तै संविधान सभा सदस्य एवम् पुर्व सांस श्रीषले माओवादी विभाजित भइराख्दा हरेक निर्वाचनमा कांग्रेस र एमालेले नेतृत्वको अवसर पाएको धारणा राखेका थिए ।

चुनावी सभामा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटीका सह–सचिव एवम् गाउँपालिका अध्यक्ष उम्मेदवार टेकबहादुर विकले वडोदेखि गाउँपालिकासम्म माओवादी केन्द्रलाई विजयी गराउन मतदातालाई आग्रह गरे । उनले गाउँपालिकामा माओवादीको नेतृत्वमा पु¥याउनुभएमा सबै नागरिकलाई समान किसिमले विभेदरहित, छिटो छरितो सेवा प्रवाहको वातावरण निर्माण गर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार सुनमाया रोकामगरले देशको अवस्था परिवर्तन गर्न ब्यवस्था फेरेको माओवादीको नेतृत्व आवश्यक पर्ने बताइन् । चुवानीसभामा वडानम्वर ३ र ४ का वडाअध्यक्ष उम्मेदवार याम रोका, मनमाया चोचाङ्गी लगायतका नेताहरुले मन्तव्य राखेका थिए । गाउँपालिका कमिटी उपाध्यक्ष मोहनलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले र राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई जिल्ला इन्चार्ज पौडेलले स्वागत एवम् सम्मान गर्नुभएको थियो ।

Leave a Reply