---Advertisement---

बेनी आउँदै गरेको बस हेम्जामा ट्रिपरसँग ठोकिँदा ६ जना घाईते

On: May 9, 2022 10:44 PM
Follow Us:

पोखराबाट म्याग्दीको सदरमुकाम बेनीतर्फ आउँदै गरेको म्याग्दी कोरला यातायातको बस हेम्जामा ट्रिपरसँग ठोकिँदा ६ जना घाईते भएका छन् ।

बा७ख ७२७० नंको यात्रुबाहक बस आज राती विपरित दिशाबाट आइरहेको ग १ क ५३१७ नं को ट्रिपरसँग ठोकिँदा बसका यात्रु घाईते भएको कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाईतेको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । घाईतेको अवस्था जोखिममुक्त रहेको बताइएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तस्वीर आलोक बानियाँ