---Advertisement---

जापानका लागि दक्ष कामदार तयार गर्दै ‘हाम्रो सेवा नेपाल’

On: May 10, 2022 8:26 AM
Follow Us:

वैदेशिक रोजगारीको क्षेत्रमा नेपाल र जापानको पुलको रुपमा कार्य गर्दै आइरहेको नर्सिङ्ग केयर तालिम केन्द्र हाम्रो सेवा नेपाल प्रालिले जापानका लागि दक्ष कामदार तयार गर्दै आएकोे छ ।

राजधानी काठमाण्डौं स्थित बालाजुको माछापोखरीमा रहेको तालिम केन्द्र सेवा नेपालका संचालक तथा प्रधानअध्यापक रामप्रसाद शर्माले हाम्रो सेवा नेपाल संस्थाले जापानी भाषामै सीप तालिम लिएर जापानमा रोजगारी प्राप्त गर्नेहरुको संख्या दिनानुदिन बड्दै गएको र केयर गिभर बाट छिरेर परीवार लान सक्ने वा पिआर पाउन सक्ने सम्मको रोडम्याप तयार गरी जापानमा रोजगारी गर्न सहयोग गर्ने गरेको बताए ।

एनका अनुसार संस्थाले अहिलेसम्म नर्सिंग केयरमा १२२ जना दक्ष जनशक्ति तयार पारीसकेको र ती मध्ये २२ जना यही महिना भित्रमा जापान जान लागेका जानकारी दिए ।

यसैबीच जापानको घट्दो जन्मदर र बढ्दो बृद्ध बृद्धाहरुको हेरचाहको लागि भाषा तथा सीप तालिम लिइ परिक्षामा उत्र्तीण भएका इच्छुक नेपालीहरुलाइ जापानमा निशुल्क रोजगारी दिन काठमाण्डौ स्थित हाम्रो सेवा नेपालमा जापानी टोलिले जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ ।

जापानको राजधानी टोकियोमा मुख्य कार्यलय रहेको ह्युम्यान आइ कम्पनी प्रालिको अध्यक्ष इचिरो किरिउले उक्त कार्यक्रममा जापानले नंया आवासीय प्रणालीको सुरुवात गर्नुको कारणहरुबारे सहभाहीहरुलाइ प्रस्ट पारेका थिए ।
उनका अनुसार जापानले विभिन्न ११ देशहरुबाट १४ ओटा क्षेत्रमा ५ बर्षभित्रमा ३ लाख ४५ हजार १५० जना बैदेशिक दक्ष जनशक्ति जापान भित्राउने लक्ष राखेको छ ।

सरकारी स्तरमा नेपाल र जापानले सन् २०१९ मार्च २५ मा औपचारिक रुपमा जनशक्ति जापान पठाउने सहमति गरेको थियो। उंहाले ह्युम्यान आइको जापानमा ३३सय कामदार मध्ये ५ सय भन्दा बढि नेपालीहरु रहेको र नेपालीहरु हँसिजा,मिजासिला, सेवा भावना भएका र सबैसंग कम्युनिकेसन गर्न सक्ने भएकोले नर्सिंग केयरमा चाहिने जनशक्तिको परीपुर्ति गर्न आफूहरुले नेपाल रोजेको र बिशेष सीपको आवश्यकता पर्ने हुदां जापानी भाषामै सीप सिक्ने बातावरण बनाउन सन् २०२० मा सेवा नेपाल नामक कम्पनि दर्ता गरी नेपाली तथा जापानको केयर गिभरको लाइसेन्स प्राप्त शिक्षक मार्फत तालिम संचालन गरिरहेको बताए ।

उनका अनुसार ह्युम्यान आइ जापान सरकारको अध्यागमन बिभागमा दर्ता भएको सपोर्ट एजेन्सी हो ।जापानी टोलिले भ्रमणको क्रममा नेपाल सरकारको श्रम मन्त्रालय, बैदेशिक रोजगार महाशाखा, पर्यटन बिभाग, नेपाल पर्यटन बोर्ड लगाएतका निकायका प्रतिनीधीहरु संग भेटघाट गरी आपसी हितका बिषयमा कुराकानी गरेको हाम्रो सेवा नेपालका प्रधानाध्यापक शर्माले बताए ।

 

धु्रबसागर शर्मा

धु्रबसागर शर्मा बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।