स्थानीय तह निर्वाचनको मतदान हुने दिन आगामी वैशाख ३० गते शुक्रबार सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा शुक्रबार विहान ४ बजेदेखि साँझ ७ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधन र पास उपलब्ध गराइएका बाहेक सवारीसाधन चलाउन नपाइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले एम्बुलेन्स, शब बाहन, दमकल, दूरसञ्चार शेवा तथा दुग्धजन्य सेवा बाहेक अनुमति नभएका अन्य सवारीसाधनलाई सुरक्षाकर्मीले रोक्ने बताउनुभयो ।

‘अत्याश्यक सेवाका सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन,‘जिल्लाभर खटिएका सुरक्षाकर्मीले अनुमति नभएका सवारीसाधनलाई नियन्त्रणमा लिनेछन्’ जिल्ला प्रशासन स्रोतले भन्यो । म्याग्दीमा चुनावको दिन मतदाता ओर्सान दलले सवारीसाधन सञ्चालन गरेको पाइएमा तत्काल जानकारी दिन समेत प्रशासनले अपिल गरेको छ।

Leave a Reply