जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत सहित सुरक्षाकर्मीको टोली निर्वाचन सामाग्री लिएर बेनीबाट कार्यक्षेत्रमा पुगेका छन् । सोमबार र मंगलबार गरी जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारी पुगेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।

जिल्लाको अति विकट धबलागिरि गाउँपालिका–१ गुर्जा सहित सबै पालिकाभित्रको मतदान केन्द्रका लागि जिल्लाबाट टोली प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । सबैभन्दा विकट तथा सडक सञ्जालले समेत नछोएको गूर्जामा पुग्न सदरमुकाम बेनीबाट २ दिन लाग्छ ।

जिल्लामा मतदान अधिकृत एकसय १४ साहयक मतदान अधिकृत एकसय १४, सहायक कर्मचारी दुईसय २८ र सहयोगी कर्मचारी एकसय १४ जना गरी पाँचसय ७० जना कर्मचारी खटाइएको छ । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको छ ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी समेत परिचालन योजना तयार भएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ । निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति कार्यान्वय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी रुपमा कर्यान्वयन गरिएको प्रजिअ रानाले बताउनुभयो । निर्वाचन लक्षित गरेर म्यादी प्रहरी छसय १९, नेपाल प्रहरी तिनसय ८०, सशस्त्र प्रहरी दुईसय ६, नेपाली सेना दुईसय ३२ जना परिचालन हुने प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

६ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ । ११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ सहयोगी कर्मचारी गरी कूल ५६१ छन् । मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने छन् । जिल्लामा ८५ हजार तिनसय ७५ जना मतदाता छन् । निर्वाचित हुने दई सय ३७ पदका लागि सातसय १८ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् ।

Leave a Reply