---Advertisement---

५ रोपनीमा लगाइएको लागूऔषध अफिम नष्ट

On: May 10, 2022 7:49 PM
Follow Us:

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको सिस्नेर खवाङ भन्ने स्थानमा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरिएको छ । करिब पाँच रोपनी जग्गाको लागूऔषध अफिमलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लागूऔषध अफिमको खेती गरेको भन्नेसूचनाको आधारमा अफिम खेतीलाई नष्ट गरिएको म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले बताउनुभयो ।इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा खटिएर गएको टोलीले अफिम खेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।अन्य ठाउँमा पनि हुन सक्ने लागूऔषधको खेती तथा कारोबारलाई नियन्त्रण गर्न आवश्यक खोजीकार्य र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । file photo