बेनी नगरमा गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउन अपीलबेनी नगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फका मेयर र उपमेयरलाई विजय बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिइएको छ । सत्ता गठबन्धनको तर्फबाट केही वडा र नगरपालिका भित्र मेयर र उपमेयरमा भएको तालमेललाई वडातहबाटै बलियो बनाउन र छुट्टा–छुट्टै प्रतिस्पर्धामा रहेका वडाहरूमा मित्रवत तवरले स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्न समेत समेत विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

बेनी नगरपालिका निर्वाचन परिचालन समितिको तर्फबाट नेपाली कांग्रेसका रेशमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका विनोद केसी र नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार विश्वकर्माले मंगलबार जारी गरी वडा–वडामा सर्कुलर गरिएको विज्ञप्तीमा गठबन्धनलाई अहित हुने काम पार्टीका कार्यकर्ताबाट भएमा आफ्नो दलबाट अनुसानको कारवाही समेत गरिने जनाइएको छ ।

‘सामुहिक हितको महान अभियानमा इमान्दारितापूर्वका लाग्न अपिल गछौं’ विज्ञप्तीमा भनिएको छ । गठबन्धनको नगरपालिका भित्र तालमेललाई प्रभावित बनाउने प्रयासहरु तथा अनावश्यक हल्लाले मतदातलाई भ्रममा पार्न खोजेको अवस्थामा वडास्तरसम्म निर्णय गरी मंगलबार नै पठाइएको गठबन्धनका तर्फबाट बेनी नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक बानियाँले बताउनुभयो ।

गठबन्धनमा रहेका दलहरूबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय वडामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएकाले नगरपालिका भित्र पार्टीभित्रबाट असहयोग गर्नेहरुलाई समेत निगरानी, निस्कृय बस्नेहरूलाई समेत सचेत बनाइएको र निर्वाचन लगत्तै आवश्यक कारवाहीको प्रक्रियामा लैजाने समेत टोलीले जनाएको छ ।

बेनी नगरमा ६ वडामा गठबन्धनका उम्मेदवार छन भने अन्यमा एकल प्रतिस्पर्धामा छन् । गठबन्धनको टोलीले जित नजिक रहेका उम्मेदवारलाई मत दिन समेत आम मतदातालाई अपिल गरेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको छ ।

Leave a Reply