---Advertisement---

हेलिकप्टरमा उडेर दुर्गमका बस्तीमा चुनावी गस्ती

On: May 10, 2022 10:51 PM
Follow Us:

स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरू हुन केहीघण्टा अगाडी सदरकुामाम बेनीबाट करिव २६ कोष टाढा तथा भौगोलिक रुपमा विकट धवलागिरी गाउँपालिका-१,गूर्जा गाउँमा नेकपा एमालेको उम्मेदवार सहितको टोली हेलिकप्टरमा पुग्यो । गाउँपालिका अध्यक्षकी प्रत्यासी निर्वतमान अध्यक्ष थमसरा पुनमगर, निर्वतमान उपाध्यक्ष रेशम छन्त्याल सहितको टोली सहित दुई ट्रिप उडान गरी करिब डेढ घण्टा पछि फर्कियो ।

जिल्लाको नक्सामा लुकेको बस्तीको रूपमा चिनिने समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा पैदल यात्राबाट चुनावी गतिविधिमा सहभागी हुन नसक्ने अवस्था भएपछि एमालेका उम्मेदवारले महंगो खर्च गरी हेलिकप्टर चार्टर गरी उम्मेदवार सहित पार्टीको एजेण्डलाई समेत लगेर गएको थियो ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र स्वतन्त्रका उम्मेदवार निर्विरोध भएको वडामा एमालेले प्रचार–प्रसारको अन्तिम दिन चुनावी कार्यक्रम गरेको हो ।

सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, पूर्व सहसभापति नेत्रबहादुर महत सहितको टोलीले समेत प्रभु हेलिकप्टर प्रयोग गरी पश्चिममा पर्ने मालिका गाउँपालिका–३,रूम र उत्तरी म्याग्दीमा पर्ने अन्नपूर्ण–१,दोबाको चुनावी कार्यक्रममा पुगेका थिए ।रूम गाउँमा कांग्रेसका नेताहरूले प्रयोग गरेको हेलीकप्टर ।

एकैदिन लाखौं खर्च गरी चुनाव प्रचारप्रसारका लागि राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरूले हेलिकप्टर चार्टर गरेपनि जिल्ला प्रशासन कार्यालय,जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत बेखवर रहेको छ। हेलिकप्टरबाट चुनावी गतिविधि गर्नु अगाडी आर्थिक स्रोत, सौजन्य सहित आवश्यक जानकारी निर्वाचन अधिकृतको कार्यालयमा दिनुपर्ने भएपनि राजनीतिक दलले आफ्नो कार्यकतालिका अनुसार नै चुनावी अभियानमा हेलिकप्टर प्रयोग गर्ने गरेका छन् ।

????????????????????????????????????

मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरू हुने भएपछि म्याग्दीका राजनीतिक दल र उम्मेदवारले जिल्लाभित्रकै बस्तीमा चुनावी सभा गर्न समेत भड्किलो खर्च गरिरहेको अवस्थामा नियमन गर्ने निकाय नै मौन छन् । विगतमा जस्तै यसपटक पनि प्रचारप्रसार भड्किलो भइरहेको छ ।म्याग्दीको विकट गूर्जामा नेकपा एमालेका उम्मेदवार

निर्वाचन आयोगले पालिका अध्यक्षका उम्मेदवारलाई खर्च गर्न अनुमति दिएको आर्थिक एक दिनमै हेलिकप्टर चार्टर गरेरै खर्च हुने गरेको छ ।यता प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर मौन अवधि अगाडी प्रचार–प्रसारमा सहभागी हुन पाउने बताए ।‘हेलिकप्टर नै प्रयोग गर्न त पाइदैन्,‘सम्बन्धित निर्वाचत अधिकृतको कार्यालयलाई स्रोत देखाउनुपर्छ’ प्रजिअ रानाले भने ।
म्याग्दीमा चुनावमा भड्किलो खर्च हुने गरेको छ ।

वडादेखि पालिका तथा नगरका उम्मेदवारले आयोगले तोकेको भन्दा दश गुणासम्म बढी खर्च गर्ने गरेका छन् । निर्वाचनमा स्वदेश तथा विदेशमा रहेका पार्टीका शुभचिन्तकले आवश्यक सहयोग गर्ने भएकाले पनि उम्मेदवारले प्रचारप्रसार र मतदातालाई प्रभावित पार्न खर्च गर्ने गरेको पाइन्छ । जिल्लामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् । २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ ।