म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा वडा नं ३ दानामा बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली कांग्रेसका वडा अध्यक्ष सुरत केसीले पुनःमत गणनाको माग गदैं आपत्ति जनाएपछि मतगणना स्थगित भएको हो ।

बदर मत र गणनाको क्रममा फरक–फरक व्यवहार गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । ‘हामीले पुनः मतगणनाको माग मात्रै गरेका छौ,‘सबै ठाउँमा हुने, यहाँ गर्न आलटाल गरिएको छ’ वडा अध्यक्षका प्रत्यासी भन्नुभयो ।नेपाली कांग्रेसले निवेदन हालेपछि दुबै पार्टीका नेताहरूको उपस्थितिमा विवाद सुल्झाउन खोजेपनि निर्णय हुन नसकेको कारण मतगणना बन्द भएको बताइएको छ ।

यता निर्वाचन अधिकृत जानुका सुबेदीले माथिल्लो निकाय र कानुनी आधारमा आवश्यक निर्णय गर्ने गरी हाल स्थगित गरिएको बताउनुभयो। ‘माथीबाट जे आदेश आउँछ, त्यही गर्छु’ सुबेदीले भन्नुभयो ।यता नेकपा एमालेले भने मतपरिणाका बारेमा चित्त नबुझेको बाहनामा गणना रोक्ने प्रयास भएको जनाएको छ । वडा नं ३ दानामा नेकपा एमालेका वडा अध्यक्ष विजय भएको घोषणा गरिएको थियो । उक्त वडामा बदर मतमा लगाइएको स्वस्तिक छापका बारेमा समेत विवाद छ ।

Leave a Reply