म्याग्दीको धवलागिरी गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र रोका विजयी हुनुभएको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा उमेद्वार बनेका रोकाले एमालेका मदन मल्ललाई १८ मतान्तरले पछि पार्दै जित हाँसिल गर्नुभएको हो । गत स्थानीय चुनावमा रोका एमालेका पुर्म पुनसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

रोकाले ५८६ मत ल्याएर विजयी हुँदा मल्लले ५६८ मत पाउनुभयो । वडा सदस्यमा काँग्रेसका रामदेवी पुन, चुनदेवी रसाइली कामी, सेरबहादुर मल्ल र कमलसिंह घर्ति विजयी हुनुभएको छ । मुनामा एक हजार २६५ मत खसेको थियो । तीन वटा वडाको मतगणना सकिदाँ सम्म अध्यक्षमा काँग्रेसका प्रेमप्रसाद पुनले एक हजार २४४, एमालेकी थमसरा पुनले ७५०, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुनले एक हजार ३२६ र एमालेका प्रगति कार्कीले ५८५ मत पाउनुभएको छ ।

Leave a Reply