---Advertisement---

एकीकृत समाजवादीको उपाध्यक्षका उम्मेदवारलाई जम्मा १ भोट !

On: May 15, 2022 6:15 PM
Follow Us:

बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।