मुस्ताङको पाँच वटा गाउँपालिकाको पनि सम्पूर्ण नतिजा आएको छ। जसमा एमालेले ४ वटा स्थानीय तह जितेको छ भने कांग्रेसले एक स्थानमा जित हात पारको छ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन्। विष्ट २०७४ सालमा स्वतन्त्र उठेका थिए। उनले त्यति बेला कांग्रेसका उम्मेदवारलाई हराएका थिए।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका आङजेन गुरुङलाई हराएका हुन्। २०७४ सालमा वारागुङ मुक्तिक्षेत्रमा नेकपा एमालेकै रमेश गुरुङ विजयी भएका थिए।

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि यसपटक नेकपा एमालेका टसी न्वर्वु गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका टसी गुरुङलाई पराजित गरेका हुन्। २०७४ मा लोमान्थाङमा कांग्रेसका सुवर्णकुमार बिष्ट विजयी भएका थिए।

त्यस्तै मुस्ताङको थसाङ गाउँपालिकामा पनि नेकपा एमालेका प्रदीप गौचन अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका बालकुमारी शेरचनलाई पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बुद्धिप्रसाद भट्टचनले गाउँपालिका अध्यक्ष जितेका थिए।

मुस्ताङको घरपझोङ गाउँपालिकामा मात्र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका मोहनसिंह लालचन अध्यक्ष पदमा विजयी भएका हुन्। उनले एमालेका सञ्जयकुमार थकालीलाई हराएका हुन्। अघिल्लोपटक एमालेका आसबहादुर थकालीले गाउँपालिका अध्यक्ष पदमा जित हात पारेका थिए।  setopati

Leave a Reply