म्याग्दीको मंगला गाउँपालिका-४,बरंजामा अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न कोही इच्छुक देखिँदैनन् । मनोयनय दर्ताको समयसम्म जिल्लाबाट वडा अध्यक्ष सहित सबै सदस्यकको उम्मेदवारको खोजीमा गएपनि पार्टीको प्रभाव नभएकाले लड्नै नसक्ने भन्दै अस्वीकार गरे। केहीबर्ष अगाडी नेपाली कांग्रेसमा प्रवेश गरेपछि लालबहादुर रोकाले पार्टीको गतिविधिलाई तिब्रता दिए ।

वडाभित्र पार्टीगत गतिविधिसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका रोकाले नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिएपनि संगठन विस्तारको कामलाई रोकेनन् । सदस्यता वितरण सहित मतदाता नामावली संकलनमा समेत उत्तिकै चासो दिए ।संगठन नै नभएको ठाउँमा रोकाले आफ्नो प्रभाव विस्तार गदै नेपाली कांग्रेसका लागि मंगला गाउँपालिकामा खाता खोलेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमालेको प्रभाव रहेको वडाभित्र छिरेर नेपाली कांग्रेसले मंगलामा खाता खोल्दै आफ्नो उपस्थिती जनाएको छ । गएको स्थानीय तहको निर्वाचनमा पालिकाभरका ५ वटै वडामा एक सदस्य पनि जित्न नसकेका नेपाली कांग्रेसले यसपटक अन्य वडामा मतभार बढाएपनि प्रतिस्पर्धीबाट समेत अनुमान नगरेको वडामा विजय प्राप्त गरेको छ ।

वडा अध्यक्षमा विजय रोकाले ३ सय ३३ मत प्राप्त गरी विजय भएका थिए भने नेकपा एमालेकी लक्ष्मी बुढाथोकी ३ सय ५, नेकपा माओवादी केन्द्रकी मनमायाँ चोचाङ्गी २ सय ८५ प्राप्त गरेकी गर्नुभएको थियो । वडा नं ४ अन्तरगत बुकेनी, थापुङ, दुर्दी, थर्पु लगायतको बस्ती पर्छ । गाउँपालिका भित्र ५ वटा वडा रहेकोमा हालसम्म माओवादी केन्द्रले वडा नं ३, नेकपा एमालेले वडा नं १ र २ जितिसकेको छ भने वडा नं ५ अर्मनको मतगणना हुन बाँकी छ ।

 

Leave a Reply