आइतबार राती ९ः५० सम्म म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडा मध्य एक वटा पालिका र २४ वटा वडाको मत परिणाम सार्वजनिक ।
नेकपा एमालेले मालिका गाउँपालिका अध्यक्ष उपाध्यक्ष र ११ वटा वडा जितेको छ । (एक वटा वडामा एमालेले जितेको घोषणा गरिएपनि बिवाद भएपनि पुन मतगणनाको निवेदन परेकाले स्थिगित भएको छ ।) नेपाली काँग्रेसले ९ र माओवादी केन्द्रले ४ वटा वडामा जित हाँसिल गरेका छन् ।
एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, मंगला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ दरवाङमा पथबहादुर रोका, ७ बिम टकलाल पुन, धवलागिरी २ लुलाङमा एमालेका अकबहादुर विक, रघुगंगा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, अन्नपूर्ण १ दोवामा दिलिपकुमार गर्बुजा, २ भुरुङ्ग तातोपानीमा ओमप्रकाश फगामी विजयी हुनुभएको छ । अन्नपूर्ण ३ दानामा पुर्जालाई विजयी घोषणा गरिएपनि बिवाद भएपनि पुन मतगणनाको निवेदन परेकाले स्थिगित भएको छ ।)
काँग्रेसबाट बेनपा २ मा याम कार्की, मंगला ४ मा लालबहादुर रोका, मालिका १ निस्कोटमा टंकप्रसाद पुन, ४ ओखरबोटमा भिजेन्द्रमान पुन, ५ देविस्थानमा मिम पुन, धवलागिरी मुनामा ३ मा देवेन्द्र रोका, रघुगंगा १ बेगमा बिलबहादुर फगामी, ४ दग्नाममा पविन गर्बुजा र ५ झिँमा मनबहादुर शेरपुजा ।माओवादी केन्द्रबाट बेनपा ३ भकिम्लीमा पदम पुन, मंगला ३ बरंजामा याम रोका, मालिका ३ डाडागाउँमा मोतिप्रसाद बुढा र धवलागिरी गाउँपालिका १ गुर्जामा झकबहादुर छन्त्याल (निर्विरोध)

Leave a Reply