म्याग्दीको मंगला गाउँपालिकामा चारवटा वडाको मतगणना सकिदाँ नेकपा एमालेका सतप्रसाद रोकाले अग्रता लिनुभएको छ । रोकाले २ हजार ९९८, काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ६०, माओवादीका टेक बहादुर विश्वकर्माले १ हजार २७०, राप्रपाका योगेन्द्रमान शेरचनले ८८ र मंगोलक गिरु रोकाले १४ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीले ३ हजार १०७, काँग्रेसका शर्मिला थापाले १ हजार ९९८, माओवादीका सुकमाया रोकाले १ हजार १८७ र मंगोलका विन्दु मल्लले १०७ मत प्राप्त गर्नुभएको छ ।

मंगलामा नेकपा एमाले अग्रस्थानमा छ ।अव मत गन्न वडा नम्वर ५ मात्रै बाँकी रहेको छ । जहाँ २ हजार १ सय ९ मत खसेको थियो । मंगलामा नेकपा एमालेले वडा नम्वर १, २ र नेकपा माओवादीले वडा नम्वर ३ र नेपाली कांग्रेसले वडा नं ४ मा विजय भएको छ । अहिले पालिकाको अन्तिम एवम् वडा नं ५ को मतगणना भइरहेको छ ।

 

Leave a Reply