म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीमा नेपाली कांग्रेसको मनकुमार शेरपुञ्जाको प्यानलै विजय भएको छ । नेपाली कांग्रेसबाट निर्वतमान वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले ४ मतको अन्तरले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुभएको थियो । पाखापानीमा नेकपा एमाले र राप्रपाको गठबन्धन रहेको थियो ।

राप्रपाका केन्द्रिय सदस्य एवम् पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनको गाउँ समेत रहेको पाखापानीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा निकै फराकिलो मतान्तरले जितेको कांग्रेसले यसपटक रोचक प्रतिस्पर्धाको सामाना गर्नुपरेको थियो । पाखापानीपछि अव वडा नं ७ चिमखोलाको मतगणना हुने सहायक निर्वाचन अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

हालसम्म रघुगंगामा नेपाली कांग्रेस,४ वडा, नेकपा एमाले २ वडामा विजय भइसकको छ भने अव दुई वडाको मतगणना बाँकी रहदाँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारीले ३२ सय ६६ मत सहित अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका दिपक कार्कीले २७ सय ३५ मत रहेको छ त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी यामकुमारी गर्बुजाले २७ सय ६ मत सहित अग्रता लिइरहनुभएको छ भने नेपाली कांग्रेसकी प्रेमकुमारी पुनले २५ सय ८६ मत सहित पच्छाइरहनुभएको छ । हालसम्म ७ हजार ४१७ मत गणना भइसकेको छ भने १६ सय ९६ मत गणना हुन बाँकी छ ।

Leave a Reply