नवनिर्वाचित मेयर ज्यू नमस्कार साथै हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु । म पनि बेनी नगरपालिकाको बासिन्दा हु तर समयले परदेशी बनाएकोले आजकल परदेशमा छु । तपाईं मेयर पदमा निर्वाचित हुँदा अब हाम्रो नगरपालिकामा पनि विकासको क्रम बढ्ने आशा गर्दै खुशी हुने हरुमा म पनि एकजना पर्दछु ।

साथै मैले तपाईंलाई ध्यानाकर्षण गराउन खोजेको कहा नेर हो भने हामी धेरै कुरामा धनी हुँदा हुँदै पनि गरीब जसरी अर्काको देशमा रोजगारीका लागि युवा शक्ति विदेशी रहनु परेको कुरा तपाईं हामी सबैले भोगेको पीडा नै हो । देशमा आमा बुवाको काखमा बसेर सधै परीवार संग रमाउने, चाडपर्व मनाउने, सुख दुःख साटफेर गर्ने रहर कसको हुँदैन होला र । तर देशको अवस्थाले गर्दा आजको युवा शक्तिलाई भविष्यको योजना सोध्यो भने परदेशमा जाने र त्यतै बसोबास गर्ने योजना न सुनाउने युवाहरुको संख्या औंलामा गणना गर्न सकिन्छ ।

हाम्रो नेपाल एक प्राकृतिक सम्पदा, भेषभुषा, संस्कृति, आदिले भरिपूर्ण र विभिन्न सम्भावना भयको देश भन्ने कुरा तपाईंले पनि बुझ्नु भयको नै छ । सम्भावना भए पनि त्यसको सदुपयोग गर्न नसक्नु हामी नेपालीको दुःखको कुरा हो । हाम्रो भन्दा कम प्राकृतिक सम्पदा भयका देशमा पर्यटकीय क्षेत्रकाे धेरै विकास गरी वर्षेनी अरबौँ रकम देशमा भित्राउन सफल भएका छन् ।

हाल म जापानमा बसी पर्यटन विषयमा विश्वविद्यालयकाे पढाइ गर्दै गर्दा पनि यहाँ पर्यटक भित्राउने उद्देश्यले बनाइएका कृत्रीम पार्क, डाडा, खोला देख्दा हाम्रो देशमा प्राकृतिक सौन्दर्य हुँदा हुँदै पनि किन हामी पर्यटक भित्राउनमा पछाडि परेको छौं त भनेर धेरै पटक सोच्न बाध्य बनाएको छ ।

हाम्रो सुन्दर बेनी नगरपालिका पनि पर्यटकीय हिसाबले विभिन्न धार्मिक स्थल, प्राकृतिक सम्पदा, विभिन्न जातजातिको बसाइ रहेकोले विभिन्न संस्कृति, चालचलन जस्ता धेरै सम्भावना भयको नगरपालिका भयको हुनाले आगामी दिनमा योजना तर्जुमाको विषयमा छलफल हुँदै गर्दा नगरपालिकाको पर्यटकीय स्थलमा पर्यटक भित्राउन सकिने कुराको विषयमा योजना अगाडी बढाई नगरपालिकाको राजस्व संकलन र जनतालाई आत्मनिर्भर बनाउने खालको योजनाले प्राथमिकता पाओस् भन्ने आशा गर्दछु ।

अब आउने योजनाहरूमा जनतालाई यो सरकारले गरेको हो हामीलाई के मतलब भन्ने खालको योजना न बनाई हाम्रो लागि, हाम्रो लगानीमा बन्न लागेको योजना भनेकोले संरक्षण सम्वर्द्धन गर्ने जिम्मा हाम्रो हो भन्ने खालको जिम्मेवारी बोध गराउने खालको योजनाहरू अगाडि बढोस् भन्ने आशा गर्दछु ।

साथै देशमै बसेर केही गर्न चाहाने युवा वर्गलाई नगरपालिकाको तर्फबाट केही सहुलियत दिएर या सहयोग गरेर युवा वर्गलाई वैदेशिक रोजगारी भन्दा पनि व्यवसायमा प्रेरित गर्ने खालको सुरुवात बेनी नगरपालिकाबाट भयको हेर्न चाहाने म जस्तो युवा धेरै हुनुहुन्छ जस्तो लाग्दछ ।

सबै कुरा एउटै कार्यकालमा सम्पन्न गर्न त सम्भव न होला तर पनि सुरुवात गरिदिनु भयो भने अर्को कार्यकालमा जो आय पनि राम्रो कार्यलाई निरन्तरता दिनुको विकल्प रहँदैन जस्तो लाग्दछ । अहिले सम्म म्याग्देलीको मन मुटुमा बस्न सफल तपाईं आगामी दिनमा पनि बसिराख्ने खालको कार्यलाई अगाडी बढाउनु हुनेछ भन्ने आशा गरेको छु ।

साथै अन्त्यमा फेरि पनि सफल कार्यकालको शुभकामना दिँदै देशमै उत्कृष्ठ मेयर बन्ने र आगामी कार्यकालमा आउनु हुने नयाँ पिढीलाई प्रेरणाको श्रोत बन्ने काम गर्नु होला भन्दै बिदा चाहन्छु ।
धन्यवाद

बेनी नगरपालिका ५ पुलाडाडा
हाल फुकुओका जापान
क्युस्यु साङ्ग्यो विश्वविद्यालय
पर्यटन संकाय विद्यार्थी हुन ।

Leave a Reply