अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

टाटासुमो पर्वतमा बससँग ठोकिदा १३ जना घाइते

On: May 18, 2022 8:57 PM
Follow Us:

पर्वतको चुवा नजिक बुधबार यात्रुबाहक बससँग टाटा सुमो ठोक्किदा १३ जना घाइते भएका छन्। पोखराबाट कुश्मातर्फ जाँदै गरेको ग १ ख ५२१८ नम्बरको बससँग बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै ठोक्किदा १३ जना घाइते भएका हुन्।

घाइते सबैलाई उपचारका लागि पर्वत अस्पताल पठाईएकोमा त्यहाँ उपचार हुन् नसकेपछि थप उपचारका लागि पोखरातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। प्रहरी निरीक्षकअधिकारीका अनुसार, घाइतेहरुको पहिचान खुल्न बाँकी छ। गलत लेनमा रहेको बससँग उक्त टाटा सुमो ठोक्किएर सडकबाट हुत्तिदै सडकबाहिरको नालीको भागमा पुगेको ट्राफिक प्रहरी पर्वतले जनाएको जनसञ्चार डटकमले जनाएको छ ।