उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानको वडा अध्यक्षमा २८ बर्षिय यूवा मईलन पुर्जा पुन (मिलन) विजय हुनुभएको छ । विहिबार विहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष गमबहादुर फगामीलाई पराजित गदैं नेकपा एमालेको तर्फबाट पुन विजय हुनुभएको हो ।

पुनले ३९८ मत प्राप्त गर्दा फगामीले २८० मत लिएका थिए । बि.स २०७४ सालदेखि हिस्तानको यूवा इन्चार्जको रुपमा कार्यरत पुन, स्थानीय यूवा क्लवको नेतृत्व र विगत दुई बर्ष यता गाउँ कमिटीको सचिवमा कार्यरत थिए ।

गएको स्थानीय तहको निर्वाचनपछि पार्टीको राजनीतिसँगै जनतप्रतिनिको भूमिकामा देखिन चाहेकाले पुनले बताउनुभयो । ‘मैले वडामा धेरै परिवर्तनको आवश्यकता देखेर चुनावमा होमिएको थिए,‘हिस्तानबासीको मायाँ पाए, अब वडाबासीको शीर उच्च हुने गरी काम गर्छु’ पुनले भन्नुभयो । वडाभित्रको आवश्यकता र समस्याका बारेमा पार्टीको कमिटीमा बसेर अनुभव लिएको बताउँदै अव जनप्रतिनिधिको हैसियतबाट जनताको सेवा गर्ने पुनको भनाई छ ।

शिक्षकको अनुभव समेत संगालेका पुनले शिक्षा, स्वास्थ्य, रोजगार सहित विभिन्न समस्यालाई समाधान गदैं म्याग्दीकै नमुना वडा र नेपालमा समेत नमुना वडा भएको सन्देश फैलाउने गरी काम गर्ने बताउनुभयो । पाका जनप्रतिनिधिको अनुभव, यूवा र समुदायको आवश्यकता अब पुरा गर्ने पुनको भनाई छ ।

कलिलै उमेरमा वडा अध्यक्षको भूमिकामा पुगेपनि आफ्नो क्षमतासँगै अग्रजको चाहना अनुसार काम गर्ने पुनले बताउनुभयो । यसपटकको स्थानीय तहमा देखिएका नयाँ जनप्रतिनिधिमा केही यूवाहरू समेत छन् ।

Leave a Reply