रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता

म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका हुन् ।

रघुगंगामा महिलातर्फ ४ र दलित वा अल्पसंख्यकबाट दुई जना कार्यपालिका सदस्य निर्वाचित हुदैछन् ।
महिला कार्यपालिका सदस्यका लागि नेकपा एमालेका आईती दर्जी, उमादेवी केसी, रसिला परियार जयन्ती मल्ल भण्डारी, कांग्रेसकी कुमारी पुर्जा गर्वुजा, धनमाया गोतामे, प्रिति गर्वुजा र सोमिता पुनले मनोनयन दर्ता गर्नुभएको छ ।

अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा एमालेका कल्पना परियार, फुलकुमारी दमाई, कांग्रेसका रिमबहादुर बिक, सम्झना परियार र नेकपा माओवादी केन्द्रका होमबहादुर दर्जीले मनोनयन दर्ता गर्नुभएको छ । रघुगंगामा नेपाली कांग्रेसका अध्यक्ष, उपाध्यष र पाचँ जना वडाअध्यक्ष सहित २७ जना मतदातासहित बहुमतमा छ भने नेकपा एमालेको तीन वडाअध्यक्षहित १५ जना मतदाता छन् ।

कार्यकालिका सदस्यको हैसियत र तलवभत्ता सहितको सुविधा वडा अध्यक्ष सरह हुने भएकाले पनि पार्टीभित्र कार्यपालिकामा जान हानथाप हुने गरेको छ । कार्यापालिका बैठक बाहेक अनुगमन सहितका अन्य गतिविधिमा समेत सक्रिय हुन पाइने भएपनि वडाध्यक्ष सरह कामको बोझ समेत हुने भएकाले चुनावमा सक्रिय भएको आधारमा समेत सदस्यमा जाने नेताहरूलाई लविङ गरेको देखिन्छ ।