---Advertisement---

अन्नपूर्णका नवनिर्वाचित जनप्रतिनिधीहरुको सपथग्रहण

On: May 25, 2022 9:56 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहण र पदवाहली गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई बेनीमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण लगत्तै अध्यक्ष र उपाध्यक्ष पुनद्धयले पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा पदवाहली गर्नुभयो ।गाउँपालिका अध्यक्ष भरत पुनले गाउँपालिका भित्र विगतमा अलपत्र परेका योजनाहरुलाई नियमित सञ्चालन सहित अन्य गतिविधिहरुमा समेत नमुना बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अन्नपूर्णको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने  निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो । जेठ १४ गते कार्यपालिका सदस्यका उमेद्वारहरुको मनोनयन दर्ता र १७ गते मतदान हुने छ । अन्नपूर्णमा एमालेका अध्यक्ष उपाध्यक्ष र पाँच जना वडा अध्यक्ष सहित ३० जना मतदाता छन् । अन्नपूर्णको कार्यपालिका सदस्यको निर्वाचनमा ४२ जना मतदाता छन् ।