“बिद्युत”अहिलेको आधुनिक जीवनशैलिको एक अत्यावश्यक आवश्यकता बनिसकेको छ । बिद्युतको अनुपस्थितिमा एक सामान्य मानिसकै दिनचर्या प्रभाबित बन्ने गर्दछ । बजारमा बिद्युतिय उपकरणहरु बढिरहेका छन, हाम्रो जीवनमा तिनका प्रयोग बढिरहको छ र बिद्युतमा हाम्रोनिर्भरता झनै बढिरहेको छ ।

अन्य शक्तिका प्रकार जस्तै गति, प्रकाश, ध्वनि, ताप आदिमा सजिलै रुपान्तरण गर्न सकिने, कम क्षति तथा चुहावटमा सञ्चित तथा लामो दुरिमा प्रशारण गर्न सकिने, प्रभाबकारि तथा सुरक्षित नियन्त्रण गर्न सम्भब भएकोलेबिद्युत शक्ति संसारमै निर्बिकल्प यतिलोकप्रिय बन्दै गएको छ । संसारमा बिश्व बैङ्कको २०१९ को तथ्याङ्क अनुसार प्रति बर्ष २,३३,९८,०० गिगावाट–आवर बिद्युत खपत भएको थियो जसमा प्रथम, द्घितिय र तृतिय स्थानमा क्रमश रहेका चीन, अमेरिका र भारतले मात्रै कुल खपतको ५४.५५बिद्युत खपतगरेका थिए ।

सो सुचिको १२८ औ स्थानमा रहेरनेपालले जम्मा ६,५६२ गिगावाट–आवर बिद्युत खपत गरेको थियो ।झण्डै १६१ देशले औसत बिधुत खपत भन्दा कम खपत गर्ने हुदा बिश्वमा देशअनुसार बिधुत खपत ज्यादै असन्तुलित रहेको छ ।अत्यन्तै निम्न बिधुत खपत गर्ने देशहरुमा बढि जनसंख्या भएकाएसिया र अफ्रिकाका अबिकशित तथाबिकाशउन्मुख देशहरु रहेका छन् । यसबाट बिश्वमै बिद्युतको खपत झनै तीब्र गतिमा बढ्ने निश्चित देखिन्छ ।

प्रबिधिको यो युगमा बिद्युतलाई यति महत्व दिइएको छ कि हामीले प्रति बर्ष खपत गर्ने बिधुतिय उर्जाका आधारमा हामीले बिताएको जिवनको स्तर मापन गरिन्छ । बिश्व बैङ्कको को २०१९ को तथ्याङ्क अनुसारहामी नेपालीले प्रति ब्यक्ति प्रतिबर्ष २२९ युनिट बिद्युत गरेर २१९ देश संलग्न सुचिको १८५ औ स्थानमा छौ । सबै भन्दा बढि प्रति ब्यक्ति प्रतिबर्ष खपत गर्ने आइसल्याण्डले ५१,६९९ युनिट र त्यसपछि नर्वेले २३,२१० युनिट खपत गरेको छ ।

जलबिद्युत उत्पादन र भोगोलिक समानताको हिसाबमा अक्सर नेपाल सगँ तुलना गरिने देश भुटानले प्रति ब्यक्ति प्रतिबर्ष ३,१२६ युनिट र जम्मा खपतको तेस्रो स्थानमा रहेको छिमेकि देश भारतले प्रति ब्यक्ति प्रतिबर्ष ९३५ यूनिट खपत गर्छन् । हाम्रो प्रति ब्यक्ति खपत बिश्वको औसत प्रति ब्यक्ति प्रतिबर्ष खपत ३,०८१ यूनिट भन्दा धेरै तल रहेको छ । यसकारण पनि हाम्रो जीवनशैलिको गुणस्तर बढाउनका लागि पनि बिद्युतको खपत बढाउन जरुरि छ ।

नेपालमा बसोबास गर्ने नेपाली नागरिक भएको आधारमा पनि हाम्रो भाबि जीवनमा बिधुतिय उपकरणहरुको प्रयोग र बिधुतको खपत बढ्ने स्पष्ट दुई कारणहरु देखिन्छन् ।

जलबिद्युत उत्पादनको राम्रो संम्भावना र बिदेशमा ठुलो संङ्ख्यामा नेपाली रहेको हुनाले अन्तराष्ट्रिय बजारमा आएका बिद्युतिय प्रबिधि तथा सामाग्रीहरु समयसगै स्वतस्फुर्त रुपमा भित्रने प्रथम कारण हो । यस्तै धैरै निजि तथा सार्बजनिक जलबिधुत आयोजनाहरु निर्माणधीन रहेकोले सरकारको बिद्युत खपत बढाउने निति दोस्रो कारण हो ।

लोडसेडिङको अन्त्य पछि नेपालमा बिधुतिकरण प्रत्येक बर्ष करिब ५५ले बढ्दा पनि बिद्युतको उच्चतम माग खासै बढेको छैन । हालको उच्चतम माग करिब १३०० मेगावाट मात्रै छ ।उता जलबिद्युत उत्पादनमा नेपाल बिधुत प्राधिकरणको बार्षिक प्रतिबेदन अनुसार करिब ६००० मेगावाटको संझौता “टेक अर पे” मा भैसकेको छ, जुन ३ देखि ५ बर्ष सम्ममा उत्पादन भई हाम्रो प्राणलीमा थपिने कुरा उल्लेख छ ।

त्यसैले हामी बेलाबेलामा नेपाल सरकार तथा नेपालको बिद्युत सेवा प्रदायक नेपाल बिद्युत प्राधिकरणले बिद्युतिय उपकरणहरुको प्रयोगलाई प्रोत्साहन गर्दैबिद्युत माग बढाउन अनुरोध गरेको देख्ने गर्दछँौ । जुनकुरा नेपाल सरकारका दीर्घकालिन योजनाहरुमा पनि पर्ने गरेका छन् । यसकारण पनि हाम्रो जीबनकोनिकट भबिश्यमा बिधुितय सामाग्रीहरु थपिई बिद्युत झन बढि प्रयोग हुने कुरा निश्चित छ ।

बिधुत हाम्रो जीवनको महत्वपुर्ण अङ्ग भैसक्दा पनि सामान्य जनमानसमा यसका बारेमा बुभ्mने रुची खासै देखिदैन । प्राय बिधुत उपभोत्ताको बिद्युत सम्बन्धी चासो केवल बिधुत महशुलमै सिमित हुन्छ । हामीले घर गराउदा बाथरुमका टाईल र झ्यालका पर्दाका बुट्टा छनोटमा जति ध्यान र समय दिईरहेका हुन्छौ त्यही घरको एम.सि.बि तथा बिद्युतिय सुरक्षाका सामाग्रीमा दिईरहेका हुदैनौ जबकि तीनका गलत प्रयोगले ठुलो जनधनको क्षतिको सम्भावना रहन्छ । बिद्युतको संम्भाबित खतरा सामान्य मानिसले नदेख््ने हुनाले पनि यसको प्रयोगमा साबधानी कम देखिन्छ ।

बिनोद शर्मा

हाम्रो अपरिहार्य आवश्यकताको रुपमा बिकशित भैरहेको बिद्युत, हामीले प्रयोग गर्ने बिधुतिय उपकरणहरु, घरको वायरिङ, बिधुतिय उपकरणहरुको सुरक्षित प्रयोग र बिधुतिय दुर्घटनाको प्राथमिक उपचारसम्मको आघारभुत ज्ञान हरेक ब्यक्तिमा हुनु आवश्यक छ ।यसबाट बिधुतको सुरक्षित तथा किफायति प्रयोग गर्न मद्दत पुग्नेछ ।

रिपब्लिका राष्ट्रिय दैनिकमा २०७६ माघ १६ मा प्रकाशित समाचार अनुसार नेपालमा २०७४ सालमा मात्रै ५२० बिधुतिय दुर्घटना भएका थिए जसमा ३२१ जनाको मृत्यु भएको थियो । बिद्युत र यसको प्रयोग सम्बन्धि सामान्य ज्ञान र चेतनाको कमिले अनावश्यक बिद्युत महशुल तथा ज्यानको क्षति भोग्नुपरेको धेरै उदाहरणहरु भेटिन्छन् । बजारमा पाईने सबै बिधुतिय उपकरणहरुमा प्रयोककर्ताको सुरक्षाको ब्यबस्था नहुदा पनि धेरै दुर्घटनाहरु भएको देखिन्छ ।

हामी उर्जाको खपत मात्रै बढाउन लागिरहदा बिकशित देशहरु अहिले उर्जा दक्षता र उर्जाको प्रभाबकारि प्रयोगमा पुगिसकेका छन् ।कुनै काम वा कुनै आवश्यकता कम भन्दा कम उर्जा खपत गरेर सम्पन्न वा परिपुर्ति गर्नु नै राम्रो उर्जा दक्षता हो । बिभिन्न देशले उर्जा दक्षताको लक्ष्य राखि सोहि अनुरुप खोज तथा अनुसन्धान गरिरहेका छन् ।

युरोपियन युनियनले आवश्यकता भन्दा बढि बिद्युत खपत गर्ने ‘फिलामेन्ट बल्ब’, ‘हेयर ड्रायर’, ठुला ‘भ्याकुम क्लिनर’, टि भि, फ्रिज, ‘वासिङ मेसिन’ लगाएतका एक दर्जन घरायसि बिद्युतिय उपकरणहरुलाई २०१४ मा नै बन्देज लगाइसकेको छ ।

यस्ता उपकरणहरुले उर्जा दक्षताको लक्ष्य पछ्याउन बढिमा ३०५ सम्म बिद्युतखपत घटाउनु पर्ने कुरा उल्लेख गरिएको थियो । लामो समय बिद्युत उर्जा संङकट भोगेको नेपालले उर्जा दक्षताको लागि खासै धेरै महत्व दिएको भेटिदैन् ।

तरपनिजर्मन सरकारको सहयोगमा २०६७ सालबाट उर्जा दक्षताको अभ्यास गराउने उद्देश्यले नेपाल उर्जा दक्षता कार्यक्रमको सुरुवात भएको छ ।

त्यस्तै उर्जा दक्षतालाई थप प्रभाबकारी बनाउनका लागि आबश्यक निति नियम बनाई सन् २०३० सम्म उर्जा दक्षताको दरमा ठोस लक्ष्य हासिल गर्ने उद्देश्यले मन्त्रिपरिषदबाट राष्ट्रिय उर्जा दक्षता रणनिति २०७५ परित भईसकेको छ ।नेपाल बिद्युत प्राधिकरणले बिद्युत खपत बढाउन बारम्बार अपिल गरिरहेता गरेतापनि उर्जा दक्षता र उर्जाको प्रभाबकारि प्रयोगलाई सधै प्रोत्साहन गरिरहेको छ ।

तुलनात्मक रुपमा उहि उज्यालोका लागि कम बिद्युत खपतगर्ने ‘लिड लाइट’ बितरण गर्नु, निजि ट्रान्सफर्मर जडान गर्दा अनिबार्य रुपमा त्यसको उर्जा क्षति परिक्षण गरि नियमन गर्नु र हरेक बर्ष आफ्नो प्राणलीमा भएको क्षति तथा चुहावटलाई निरन्तर घटाउने लक्ष्य लिई उच्च महत्वका साथ आवश्यक कार्य गर्नु यसका केहि उदाहरणहरुहुन ।

राष्ट्रिय उर्जा दक्षता रणनिति २०७५ सगैँ नेपालमा उर्जा दक्षताको प्रोत्साहन तथा सरोकारवालाहरु सगँ सहकार्य गर्नका लागि नेपालको पहिलो उर्जा दक्षता ईकाइको रुपमा बैकल्पिक उर्जा प्रबद्र्घन केन्द्रले आवश्यक कार्य गरिरहेको छ ।अन्यत्र जस्तो उर्जा दक्षताकै निम्ति हामीलाई बोध हुनेगरि खासै धेरै क्रियाकलाबहरु भएका छैनन्, ठुला उपलब्धिहरु हासिल भएका छैनन्हामी उर्जा दक्षताको अत्यन्तै सुरुवाति क्षणमा छौ ।

निति नियम आईसकेपछि पनि उर्जा दक्षताको प्रभाबकारि कार्यान्वयन केवल उपभोक्ताको साथ, सहयोग र बुझाईले मात्र सम्भब छ । त्यसकारण उपभोक्ता स्वयमलाई बिद्युतको प्रभाबकारी, किफायती तथा सुरक्षित प्रयोग र आप्mनो आवश्यकताका लागि कम बिद्युत गर्ने बिद्युतिय उपकरणको छनोटगर्नका लागि पनि बिद्युत सम्बन्धि आधारभुत ज्ञान अनिबार्य भैसकेको छ ।

अन्त्यमा, बिश्वमा नै बिद्युत एक निर्बिकल्प शक्तिका रुपमा स्थापित भैसकेको छ । हाम्रो देशको बिद्युत क्षेत्रमा बिद्यमान तीन चुनौतिहरुः बिद्युत उत्पादन तथा आपूर्तिमा आत्मनिर्भरता, बिद्युत मागमा बृद्घी र बिद्युतको सदुपयोग रहेका छन् ।यि चुनौतिहरु एक आपसमा संम्बन्धित छन् एक अर्कोमा परिपुरक छन तसर्थ यिनिहरुमा अहिले देखिनै सन्तुलन हुनु जरुरि छ ।

माथि उल्लेखित सम्भावनाहरुका कारणले पनि अहिले बिश्वको एक न्युन बिद्युत उत्पादन तथा खपत गर्ने हाम्रो देशमा पनि निकट भबिष्यमै धेरै बिधुतिय उपकरणहरु थपिदैछन् । सरकारकै नीतितथा प्रोत्साहनको कारण पनि बजारमा बिद्युतिय सामाग्रिको उपलब्धता बढ्नु स्वभाबिक नै हो ।

हाम्रो जिबनशैलिमा बिधुतिय उपकरणहरु थपिए सगैँ दुर्धटनाको जोखिम पनि थपिदै जानेछन् ।साथै अन्तराष्ट्रिय मापदण्ड अनुसार कुल ग्राहस्थ उत्पादनको अनुपातमा उर्जाको उपभोग बढि रहेको हाम्रो देशमा अझै बिद्युत खपत बढाउने बहानामा बढि बिद्युत खपत गर्ने कम उर्जा दक्षता भएका बिद्युतिय उपकरणहरु भित्रिइ प्रयोगमा आएमा उर्जाको केवल प्रयोग मात्रै हुनेछ सदुपयोग हुनेछैन् ।

तसर्थ बजारमा उपलब्ध बिद्युतिय उपकरणहरुको गुणस्तर, उर्जा दक्षता तथा उपकरणले प्रयोगकर्ताको न्युनतमसुरक्षाको ब्यवस्था गरे नगरेको मापन प्रभाबकारि ढङगले गरि चित्त बुझ्दो नभेटिएमा बन्देजसम्म गर्न सक्ने नियमनकारी संयन्त्रको आवश्यकता यथासिघ्र अपरिहार्य भैसकेको छ ।

केवल बिद्युतको प्रयोगले प्रति ब्यक्ति खपत बढाएर मात्रै हाम्रो जीवन गुणस्तर उकासिन सक्दैन । हामीले जडान गरेको मिटरमा उठेको बिद्युतको खपत हाम्रो बास्तबिक खपत नै नहुनसक्छ । कतिपय हामीले प्रयोग गरिरहेका उपकरणहरुले अनाबश्यक रुपमा बढि खपत गरिरहेका हुनसक्छन् ।

लोडको असन्तुलन तथा चुहावटका कारण एकातिर हामीले महङगो महशुल तिरेर भित्राएको बिद्युत जमिनमा खेर गैरहेको हुन्छ भने अर्कोतिर हामी प्रयोगकर्तालाई नै असुरक्षित गराईरहेको हुन्छ ।

हाम्रो देशमा अरु बिकशित देशमा जस्तो धेरै उर्जा खपत गर्ने उपभोक्ताहरुको उर्जा सेवा प्रदायकबाट बार्षिक वा अर्धर्बािषक रुपमा उर्जा लेखा परिक्षण गरिदने गर्ने अभ्यास नभए पनि सचेत उपभोक्ताको रुपमा आफ्नो लागि आफैलेबार्षिकउर्जा लेखा परिक्षणगर्नु बिद्युतका ठुला उपभोक्ताहरुलाई लाभदायक हुन्छ ।

बिद्युत हाम्रो जीवनको एक महत्वपुर्ण आवश्यकता भैसकेको हुनाले यस सगँ सम्बन्धित यस्ता आधारभुत ज्ञान सबै उपभोक्ताहरुलाई हुन जरुरि छ ।त्यसैले बिद्युतको प्रयोग मात्रै होइन जिम्मेबार उपभोक्ताको रुपमा कुशलबिद्युतिय उपकरणहरुको प्रभाबकारी प्रयोग तथा प्रोत्साहन गरौ,सुरक्षित तबरले उत्पादक प्रयोग बढाउँ, यहि नै अहिलेको बिद्युतकोआवश्यक सहि सदुपयोग हो ।

ई. बिनोद शर्मा
पोखरा, कास्की
तपाईको मुल्यवान प्रतिक्रियाको लागि

[email protected]

Leave a Reply