सहकारीको जोखिम न्यूनिकरण गर्नका लागि तेस्रो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला शनिबार बेनीमा गरिएको छ । सदरमुकाम बेनीमा रहेका न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा गण्डकी प्रदेश भित्रका नेफस्कुनमा आवद्ध १४ सहकारीका अध्यक्ष र प्रवन्धक लगायतको उपस्थितमा सहकारीको जोखिम न्यूनिकरण सम्वन्धी सिकाई ब्यवस्थापन कार्यशाला गरिएको थियो ।

न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रामजीप्रसाद सुवेदीको अध्यक्षता भएको कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले उत्पादनसंग जोडिएका र जोडिन चाहने युवाहरुको लागि विना धितो सिपलाई धितो मानेर लगानी गर्ने वातावरण सहकारीले निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले धितो विना सिपलाई आधार मानेर लगानी गर्ने नीति निर्माण गर्न आग्रह गर्दै सिपलाई आधार मानेर लगानी गरेको रकमलाई सुरक्षित गर्न स्थानीय सरकार पनि जिम्मेवार बन्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सहकारीले लगानीमात्र सुरक्षित खोजेर हुदैन्, जनताको बचत पनि सुरक्षित हुने वातावरण तयार गर्न सहकारीलाई आग्रह गर्नुभएको छ ।

नेफस्कुनका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानले सहकारी संस्थाको दिगो विकास, ब्यवस्थापन ब्यावसायिकरण र गुणस्तर सुनिश्चित गर्न राज्यको सहकारी नीति नियममा रहेर सहकारी संचालन गर्नुपर्ने बताउनुनभयो । उहाँले सहकारी संचालन मात्र भएर हुदैन् जोखिम न्युनिकरण र सेवाहरु विश्वासिलो छ वा छैन भन्ने विषयमा संचालन र कर्मचारीले ध्यान दिन आग्रह गर्नुभयो । न्यौपानेले सहकारीलाई विश्वासिलो र भरपर्दो रुपमा अघि बढाउन सहकारी सहकारी विचको सिकाई अनुभव र सुझाव सल्लाह आदानप्रदान गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशभित्रबाट विभिन्न जिल्लाका १४ सहकारीबाट उपस्थितलाई सिकाई ब्यवस्थापन कार्यशाला सम्वन्धी पानेले सहजीकरण गर्नुभएको थियो ।

सहकारीका कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, संचालक सदस्य यामबहादुर जिसिको स्वागत तथा कार्यक्रम संयोजक ठकराज बरुवालको संचालनमा भएको कार्यक्रममा नवनिर्वाचित मेयर केसी र वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्मचार्यलाई स्वागत एवम् सम्मान गरिएको थियो ।

Leave a Reply