रोजगारिको शिलसिलामा युएई पुगेका दुई म्याग्देली यूवाले ‘कस्तो माया बस्यो होला’ बोलको सांगीतिक कोशेली दर्शकसामु पस्किएका छन् । म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटका प्रदिप सुबेदी र मंगला गाउँपालिका–१ का सुवास राम्जालीले समुन्द्रपारीबाट म्युजिक भिडियो बजारमा आएको हो ।

यूएईमा म्याग्देलीको हकहितमा सक्रिय यूवाद्धय सुबेदी र राम्जालीले नयाँ पुस्तालाई आर्कषित गर्ने गरी म्यूजिक भिडियो ल्याएको बताएका छन् । मन मस्तिष्क र दिलबाट जसलाइ एकोहोरो माया गरिन्छ भन्ने सन्देश म्यूजिक भिडियोमा रहेको रचनाकार सुबेदीको भनाई छ । एकोहोरो मायाँमा आधारित कथालाई श्रोताले रुचाउने सुबेदीको विश्वास छ ।

एकोहोरो मायाको लत बसेको अवस्थाका सकारात्मक र नकारात्मक दुवै सन्देश प्रवाह हुने निदेशक राम्जालीको भनाई छ । ‘हाम्रो यो प्रस्तुतीका बारेमा रचनात्मक प्रक्रियाको अपेक्षा गरिएको छ,‘भविस्यमा पनि थप सांगितिक कोशेली ल्याउन पाठकको मायाँ र साथ आवश्यक छ’ निर्देशक राम्जालीले भने ।

सुबेदीको शब्द रहेको गीतमा रमन थामीको स्वर तथा संगीत रहेको छ भने छांयाङ्कन निरोज लामाले गरेका छन् । उक्त म्यूजिक भिडियोमा रचनाकार सुबेदी र अभ्रील तामाङको अभियन रहेको छ । गीतका रचनाकार तथा कलाकार सुबेदी मोना यूएईका संस्थापक अध्यक्षा र राम्जाली वर्तमान अध्यक्ष हुन् ।

Leave a Reply