म्याग्दी जेसीजको आयोजनामा जेठ १६ गते सोमवार बेनीमा निशुल्क दन्त परिक्षण शिविर संचालन हुने भएको छ । म्याग्दी जेसीजको २४ औँ स्थापना दिवशको अवसरमा आयोजित जेसिज सप्ताह अन्तरगत जेठ १६ मा दन्त शिविर आयोजना गरिएको हो । सेवा नै धर्म हो भन्ने मुल मर्मका साथ बेनी संजिवनी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा दन्तरोग विशेषज्ञ विवेक सुनारले विरामीको दाँत परिक्षण गर्नुहुने छ । दाँत सम्वन्धी जुनसुकै समस्या भएको विरामीले शिविरबाट सेवा लिन सक्ने म्याग्दी जेसिजका कार्यकारी उपाध्यक्ष एवम् शिविरका संयोजक कुमार बानियाँले बताउनुभयो । शिविरमा दाँतको सुरक्षाका मरामर्श दिनुका साथै आवश्यक औसधि पनि निशुल्क वितरण गरिने बेनी संजिवनी हेल्थ क्लिनिकका संचालक समेत रहनुभएको संयोजक बानियाँले बताउनुभयो । जेठ १५ गतेदेखि २१ गते सम्म विविध कार्यक्रम सहित जेसिज सप्ताह मनाउन लागेको छ ।

आईतवार जेसिज सचिवालयमा एक कार्यक्रमको आयोजना गरि सप्ताहको उद्घाटन गरिने छ ।  जेसिज सप्ताह अन्तरगत जेठ १७ गते राष्ट्रिय÷जेसिज झण्डा अनावरण, १८ गते निशुल्क आँखा परिक्षण कार्यक्रम, १९ गते सार्वजनिक भाषण कला तालिम, २० गते मेरो जनप्रतिनिधिलाई सुझाव र २१ ग्ते १८ औँ अन्तर मावि लोकनृत्य प्रतियोगीताको आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो ।

Leave a Reply