म्याग्दी १५ वैशाख । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला मल्ल, सुजाता किसान र बविता सापकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरि दलित वा अल्पसंख्यक तर्फको दुई जनाको कोटामा काँग्रेसका मनकुमारी विक, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा बिजयी हुनुभएको छ । निर्वाचनमा गठबन्धनका उम्मेदवारले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन् । बेनी नगरपालिकामा नेकपा एमालेका २३ जना, नेकपा माओवादी केन्द्रका १५ जना र नेपाली काँग्रेसका १४ जना मतदाता रहेका थिए ।

Leave a Reply