म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बिरेन्द्र चोकमा स्वर्गीय राजा विरेन्द्रको शालिक पुनःनिर्माणको माग गदैं आमरण अनशन बस्नुभएका टेकबहादुर केसीले अनशन तोड्नुभएको छ । सोमबार विहान ब्यानर सहित अनशनमा बस्नुभएका केसीको मागलाई टोलसुधार समितिमार्फत वडा हुदै नगरकार्यपालिकाबाट प्रक्रियागत रूपमा पूरा गर्ने प्रतिबद्धतासँगै मेयर सुरत केसीले जुस पिलाएर अनशन तोडाउनुभएको हो।

अनशनरत केसीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना,वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि सहित शुभचिन्तकले भेटेर अनशन तोड्न सुझाव समेत दिनुभएको थियो ।

सरोकारवाला निकायले एकल निर्णयभन्दा पनि सबैको साझा प्रतिबद्धताबाट मात्रै सम्भव भएकाले प्रक्रियाका लागि समय लाग्ने भएकाले अनशनबाट मात्रै समस्या समाधान हुने बताइएको थियो । देश र जनतालाई मायाँ गर्ने स्वर्गीय राजा बिरेन्द्रको शालिकले उहाँप्रतिको सम्मान हुने भएकाले शालिक पुनःनिर्माणका लागि अनशनमा बसेको केसीको भनाई थियो ।

‘स्वतन्त्र नागरिकको हैसियतबाट अनशन बसेको छु,‘अब माग सुनुवाई नभए अर्को पटक यही अनसन बस्छु’ केसीले भन्नुभयो। तत्कालिन समयमा माओवादीले बेनी आक्रमण गर्दा समेत शालिक जोगिएपनि २०६२–०६३ को जनआन्दोलन हुँदा विभिन्न राजनीतिक दलमा आवद्ध विद्यार्थीले सालिक हटाएका थिए ।सालिक हटाएपनि विरेन्द्र चोकको नामले चिनिने गरेको छ ।२०४३ सालमा सालिक बनाइएको थियो ।

तत्कालिन समयमा देशभरै अनावरण गरिएको मध्ये म्याग्दीको सालिक आर्कषक मानिएको थियो । ०६२–६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि सहिद स्मारक बनाइएको थियो । सहिद स्मारक चोक, गणतन्त्र चोक नामाकरण गरी शान्तिको प्रतिक राखिएको थियो । म्याग्दी जिल्लाको भ्रमणको क्रममा तत्कालिन समयमा खानेपानी, अस्पताल सहित विभिन्न भ्रमणबाट म्याग्दीलाई दिइएको उपहारको योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुनःस्थापनाको चर्चा यसअगाडी समेत हुने गरेको थियो ।

Leave a Reply