म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो ।

नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आईतबार दुई दिन विदा दिने र बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय खोल्ने संघीय सरकारको निर्णय धवलागिरी गाउँपालिकाले कार्यान्वयन नगर्ने गरिएको उपाध्यक्ष रेशम पुनले जानकारी दिए ।

यसैगरी धवलागिरी गाउँपालिकाले उत्कृष्ट एक÷एक जना विद्यार्थीहरुलाई डाक्टर र ईन्जिनियर विषयको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने भएको छ । यसअघि बेनी नगरपालिका र मालिका गाउँपालिकाले आईतबारपनि विद्यालय संचालन गर्ने निर्णय गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा समेत आइतबार विद्यालय खोल्न अभिभावकले दवाव दिएपनि कार्यपालिकाबाट निर्णय भएको छैन् ।

Leave a Reply