मुस्ताङसम्मको उल्टो पैदल यात्रामा निस्किएका ३० वर्षीय ऋषि परियार म्याग्दीको सदरमुकाम बेनी आइपुग्नुभएको छ । उल्टो पैदल यात्राबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ६२ दिनको पैदल यात्रा सकिका परियारले दोस्रो अभियान अन्तरगत बुटवलबाट १५ दिनमा मंगलबार बेनीबजारमा प्रवेश गर्नुभएको हो ।

‘स्वास्थ्यका लागि उल्टो पैदल यात्रा’ भन्ने नाराका साथ सम्पन्न भएको मेची–महाकाली यात्रापछिको ‘पर्यटन प्रवर्द्धनका लागि मुस्ताङसम्मको उल्टो पैदल यात्रा’ नाराका साथ यात्रामा निस्किएको परियारले बेनीअनलाइनलाई बताए । ‘यो मेरो दोस्रो अभियान हो,‘ठाउँ–ठाउँमा साथ र सहयोग मिलेको छ,‘भोली विहानै मुस्ताङतर्फ लाग्छु’ परियारले भन्नुभयो ।

बुटवलको पुष्पलाल चोकदेखि पैदलयात्रा गरी पाल्पाको तानसेन, स्याङजा, पोखरा,पर्वत, हुदै म्याग्दीसम्मको यात्रा नयाँ र अविस्मरणीय भएको परियारको भनाई छ । परियारलाई सडकमा देख्दा वित्तिकै सवारीसाधनमा आवतजावत गरेका, स्थानीय, पदैलयात्रीले फूल मालाले स्वागत गरेका थिए ।यो अभियानमा बुटवलदेखि २० दिनमा मुस्ताङसम्मको यात्रा सकिने अनुमान गरिएको छ ।

बेनीमा प्रवेश गरेपछि भेटेर तस्वीर लिने, उल्टो हिडेर सर्मथन गर्नेको भिड लागेको छ । परियारलेमेची महाकाली उल्टो पैदल यात्रा सकेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि प्रक्रिया समेत अगाडी बढाइसक्नुभएको छ । उल्टै हिँड्दा जोखिम भएपनि स्थानीयबासी र प्रहरी, ट्राफिकले समेत सहयोग गरेकाले ग्रामिण सडक, भिरालो जमिन भएको स्थानमा सहज भएको परियारको भनाई छ ।

 

Leave a Reply