जटिल रोगबाट ग्रसित बरंजाका एक बेवारिसे बिरामीको उपचारमा स्थानीय न्यू स्टार यूवा क्लव सक्रिय भएको छ । विगत १ बर्षदेखि क्षयरोग, फोक्सोमा पानी जमेको र टाउकोमा रगत जमेको अवस्थामा भेटाएका म्याग्दीको मंगला गाउँपालिका-३,बरंजाको कलेलीगैराका ५७ का सम्मर बहादुर घर्तीको उपचारमा सहयोग अभियान सञ्चालन भइरहेको छ ।

बेवारिसे अवस्थामा रहेका घर्तीको उपचारमा क्लवले स्वदेश तथा विदेशबाट ४ लाखभन्दा बढी आर्थिक संकलन गरेको क्लवका कोषाध्यक्ष गणेश केसीले बताए ।उनका अनुसार पीडितको घरमा कोही नभएको अवस्थामा जटिल रोगले ग्रसित भएको खवरसँगै क्लवले अभियान सञ्चालन गरेको थियो ।

अभियानमार्फत संकलन भएको आर्थिकले पीडितको उपचार भइरहेको छ भने उपचारपछि बचतलाई वडाभित्रका विपन्न असाय र आर्थिक अभावका कारण उपचारमा समस्या भएकालाई सहयोग गर्ने गरी कोष स्थापना गरिने क्लवले जनाएको छ । पीडितको हाल गण्डकी हस्पितल पोखरामा उपचार भईरहेको छ

Leave a Reply