बेनी नगरपालिका-७,वडा कार्यालयले १ सय बर्षमा प्रवेश गर्नुभएकी भद्रकुमारी श्रेष्ठलाई जन्मोत्सवको अवसरमा दोसल्ला ओडाएर सम्मान गरेको छ । बिहिबार वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले सयौं जन्मदिनको अवसर पारेर सम्मान गदैं सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

वडा अध्यक्ष श्रेष्ठले वडाभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सेवा दिने कार्यक्रमहरू रहेको बताउनुभयो । सबै एकदिन ज्येष्ठ नागरिक (वृद्ध) हुने भएकाले आ–आफ्ना क्षेत्रबाट मन, वचन र कर्मले ज्येष्ठ नागरिकका पक्षमा काम गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

महिला सदस्य सिर्जना श्रेष्ठ, दलित महिला सदस्य सुजाता किसान एबम सदस्यद्वय सोहन श्रेष्ठ र रमेश फगामीले शताब्दीमा प्रवेश गरेको उपलक्ष्यमा घरमै पुगेर आर्सिवाद ग्रहण गर्नुभएको थियो ।श्रेष्ठको जन्म बि सं १९८० जेष्ठ १९ गते शुक्रबारका दिन भएको थियो । वडा कार्यालयले श्रेष्ठ वडाको सबैभन्दा ज्येष्ठ नागरिक भएको जनाएको छ ।

यसैबीच १ सय बर्ष पुगेको उपलक्ष्यमा नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहका बालबालिकालाई खाद्यान्न वितरण गरिएको छ । बिरेन्द्रचोकस्थित निवासमै बालगृहमा आश्रीत बालकालिकाको उपस्थितिमा खाद्यान्न सहितको साम्रागी वितरण गरिएको हो ।

Leave a Reply