पर्वतको जलजला गाउँपालिका–२,पाखाथरकी एक बृद्धा विगत ८ दिनदेखि बेपत्ता हुनुभएको छ । गएको जेठ १३ गतेदेखि घरबाट निस्किनुभएकी ७७ बर्षिया सुलोचना नेपाली बेपत्ता भएपछि खोजीकार्यमा जुटेको पारिवारिक स्रोतले जनाएको छ ।

घरबाट निस्किनुभएकी नेपाली सोही वडाको गौरेटे भन्ने स्थानमा देखिएको जानकारी पाएपछि खोजीकार्यमा जुटेको बेपत्ता नेपालीकी छोरा शान्त नेपालीले जानकारी दिनुभयो ।

‘हामी निरन्तर खोजीकार्यमा छौ, कतै देख्नुभएमा सम्पर्क गरिदिनुहोला’ नेपालीले भन्नुभयो । घरबाट निस्किएर जानुभएको स्थान माइती घर भएकाले सोही आसपासको क्षेत्रबाट कतै गएको हुनसक्ने अनुमान गरिएको छ ।

लामो समयसम्म गाउँमा प्रसुती सेवामार्फत धेरै महिलाको उपचारमा सक्रिय नेपाली बेपत्ता भएपछि स्थानीय समेत खोजीकार्यमा सक्रिय भएका छन् । पत्ता नलागेपछि नेपाली परिवारले इलाका प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ ।

Leave a Reply