बेनीकी दृष्टि थजाली र अनिमा केसीलाई रिसइबी र बदलास्वरूप किशोरी र महिलालाई ‘कुरुप’ बनाइदिने नियतले गरिने एडिस आक्रमणका समाचारले निकै भाबुक बनाउँछ । म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत थजाली र केसी एसिड आक्रमणका बिरुद्ध हुने आन्दोलन र दवावमुलम कार्यक्रम सम्म पुग्द सक्दैनन् ।

कक्षा ९ की अनिमा र कक्षा ८ की दृष्टिले वीरगञ्जकी मुस्कान खातुन माथिको एडिस आक्रमणको समाचार देखेका थिए । छात्राको इच्छा बिपरितको चाहनालाई पूरा गर्न नसक्दा जीवन नै बर्बाद पार्ने पीडकलाई दवाव दिने गरी म्याग्दी जेसीजको आयोजनामा भएको १८ औं अन्तर मावि रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा नृत्यसहित देखिए ।

दृष्टि र अनिमालाई सौन्दर्यकला ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गंगा थापाको सहयोगले सन्देश प्रवाहमा थप सहज भयो।‘हामीले समाजलाई एसिड पीडितको अवस्था देखाउन खोजेका थियौं,‘देशैभरी छरिएर रहनुभएका पीडितको साथमा रहेको सन्देश प्रवाह गर्न सफल भएका छौ’ अनिमाले भनिन् ।एसिड पीडित छात्राहरूको भेषमा दृष्टि थजाली र अनिमा केसी

उनले एसिड पीडित र बलात्कारबाट पीडित स्कुले छात्राहरूको आत्मबल बढाउन आवश्यक रहेको बताईन् । एसिड आक्रमणबाट लामो समय अस्पतालको बसाई, महंगो खर्च, पीडा छोपेर नयाँ जीवन शुरू गर्न ठूलै हिम्मतको आवश्यकता पर्ने भएकाले म्याग्दी जिल्लामा यस्ता घटना नहोस् भन्नका लागि सचेत बनाइएको छात्राद्धयको भनाई छ ।

एसिड पीडितलाई थप मानसिक तनाव दिनेहरू समेत पीडक सरह भएको उनीहरुको भनाई छ । प्रतियोगितामा पुरस्कार जित्न नसकेपनि आफ्नो सन्देश प्रवाह गर्ने प्रयास सफल भएकोमा खुसी छन् ।

एसिड खन्याउनेलाई समाजले अझै संरक्षण गरेको गुनासो समेत उनीहरूको छ । सुन्दरताको खानी अर्थात अनुहार नै एसिडले बिग्रिंदा पीडितलाई समाजमा छिछि र दूरदूरको अवस्था देखिएकाले सबैको साथ र सहयोग आवश्यकता रहेकाले छात्राहरूको चाहना अनुसार विद्यालयले सहयोग गरेको प्रिन्सिपल दिपक सुबेदीले बताए ।

उनले बलात्कारजन्य गतिविधिलाई न्यूनिकरण गर्न यसअगाडी प्रधानमन्त्रीलाई समेत छात्राहरूले नै ज्ञापनपत्र पठाएको बताउँदै समाजका विकृति बिरुद्धको अभियानमा विद्यार्थीमार्फत हुने सन्देशमुलक अभियानमा विद्यालयले प्रोत्साहन गर्ने बताए । अन्तर मा. वि. रनिङ्गशील्ड लोकनृत्य प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको एसिड आक्रमणका पीडितको कथालाई लिएर उपस्थित भएका छात्राद्धयको प्रस्तुतीले धेरैलाई भाबुक बनाएको एक सहभागीको भनाई थियो ।

Leave a Reply