उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा हिँजो (बुधवार) युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियानको कार्यक्रम गरिएको हो ।

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत म्याग्दीको उत्तरी भेगको नारच्याङमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सहजीकरण गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले मानवीय क्षति सँगसँगै आउने आर्थिक क्षतिबाट बचाउने सबैभन्दा उत्तम उपाय बिमा भएको बताउनुभयो ।

धौलागिरि क्षेत्रीय प्रमुख आचार्यले बीमाले बचत गर्ने बानीको विकास गर्ने तथा बालबालिकाको उच्च शिक्षाको अध्ययनमा सहयोग पु¥याउने हुँदा बीमा अनिवार्य भएकोमा जोड दिनुभएको थियो । कार्यक्रममा बीमाको परिचय, बीमाको आवश्यकता, महत्व, बीमा गर्नुका फाइदा र महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय अभियानको उद्देश्यमाथि प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता एवं सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया पुन गुरुङले बीमा जागरण कार्यक्रमले आम मानिसमा बीमाप्रतिको जानकारी र आकर्षण बढ्ने बताउनुभयो । कार्यक्रम अभिकर्ता एवं आमा समूहका अध्यक्ष नरिमाया पुन गुरुङको अध्यक्षता र महालक्ष्मी लाइफ बेनी शाखाका कर्मचारी लक्ष्मण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

महालक्ष्मी लाइफले युवा वर्गमा बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले ’युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान’ कार्यक्रम गत वर्षको २०७८ असोज महिनाबाट सञ्चालनमा ल्याएको थियो । बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम गएको चैत्रसम्म ८० भन्दाबढी स्कुल, कलेज र स्थानीयस्तरमा सञ्चालन भैसकेको छ । पहिलो चरणको बीमा जागरण अभिायन प्रभावकारी भएकाले यससम्बन्धी नयाँ कार्यक्रम आउने महालक्ष्मीले जनाएको छ ।

Leave a Reply