---Advertisement---

विश्व कीर्तिमानी आरोही पूर्जालाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘एमबीई’

On: June 10, 2022 9:07 AM
Follow Us:

विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् ।बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।

पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर उनलाई सम्मान गरिएको हो ।

श्रीमती सूची, घरपरिवार, दाजु तथा साथीभाइको साथ सहयोगले आफू सफल भएको उनले बताएका छन् । ‘मलाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिलगायत मेरो पुस्तक र वृत्तचित्र हेरेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु’- पूर्जाले सामाजिक सन्जाल फेसबुकमार्फत भनेका छन् ।

उनी संसारकै दोस्रो अग्लो हिमाल ‘के-टु’ जाडो याम (विन्टर सिजन) मा चढ्ने पहिलो व्यक्तिको रुपमा नयाँ रेकर्ड बनाउन सफल भएका थिए । उक्त हिमाल आरोहण गर्ने क्रममा हालसम्म ७ दर्जन बढीले ज्यान समेत गुमाइसकेका छन् ।पूर्व गोर्खा सैनिक समेत रहेका म्याग्दीका निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । Source: nepalilink.com