राष्ट्रिय सहकारी बैक लिमिटेड बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव म्याग्दीको संयुक्त आयोजनामा सहकारी संघ संस्थाहरुका लागि २ दिने वार्षिक योजना तथा बजेट निर्माण तालिम समापन भएको छ । तालिमको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले संयुक्त रुपमा गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख केसीले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन क्षमता अद्धिवृद्धि गर्न र रकमको अभावमा व्यवसाय गर्न नपाएकाहरुलाई व्यवसायिक बनाउन सहकारी बैंक लगायत सहकारीहरुसंग समन्वय गरेर काम गर्ने बताउनु भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख लामिछानेले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका निरन्तर रुपमा प्रभावकारी रहदै आएको बताउनुभयो । जिल्ला सहकारी संघ म्याग्दीका सचिव समेत रहेकी उपप्रमुख लामिछानेले नगरपालिका र सहकारी बैंक तथा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनभयो ।

कार्यक्रममा नवनिर्वाचित बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेलाई राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीलेसम्मान गर्नु भएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता बैकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, को–अपरेटिभ म्यानेजर्स क्लवका सचिव नेत्रराज सुबेदी, तालिमका प्रशिक्षक बल्लभ तिमिल्सिना, नेपाल पत्रका महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण शर्मा गौतम, सहभागीका तर्फबाट नव सृजनशिल सहकारी संस्थाका संस्था सहायक मेख बहादुर कार्की र लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रमिला जोशि श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका कर्मचारी दिनेश कार्कीले गर्नु भएको थियो । तालिममा बागलुङका विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply