---Advertisement---

टोड्केको हाइअल्टीच्युड खेलमैदानले १ घरमा क्षती, २५ घर उच्च जोखिममा

On: June 11, 2022 1:43 PM
Follow Us:

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा निर्माणधिन अवस्थामा रहेको हाइअल्टीच्युड खेलमैदानले गाउँ नै जोखिममा परेको छ । निर्माणधिन अवस्थामा रहेको खेलमैदानले मंगला गाउँपालिका–१, पूर्णगाउँमा एक घर पूर्णरुपमा क्षती पुगेको छ भने करिब दुई दर्जनभन्दा बढी घर उच्च जोखिममा छन् ।

जिल्लाको रघुगङ्गा र मङ्गला,गाउँपालिकाको सिमानामा अवस्थित रहेको टोड्केको खेलमैदानमा मंगलातर्फको संरचनामा ठेकेदारले चरम लापरवाही गरेपछि बस्ती नै जोखिममा परेको मंगला–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

‘खेलमैदानले बस्ती नै जोखिममा परेको छ,‘संरचना बनाउँदा चरम लापरवाही देखियो’ वडा अध्यक्ष रोकाले भन्नुभयो । खेलमैदान आसपासबाट खसेको बाढीले पूर्णगाउँको तिलघर र बराहथान बस्ती नै जोखिममा परेको स्थानीयबासीको भनाई छ । टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

पर्खाल सहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न मिल्ने खेलमैदान बनाउँदा फालिएको माटोले बाढी चलेको छ । खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएपनि कुल ५ करोडभन्दा बढी लागतमा थप संरचना समेत बनाइने जनाइएको छ ।

टोड्के प्राकृतिको अनुपम उपहार, स्वर्गद्धारीको शाखा आश्रम समेत रहेकाले देशका विभिन्न जिल्लाबाट समय समयमा आएर ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेकाले पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले प्रतिबद्धता जनाएका थिए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।