म्याग्दीको मंगला गाउँपालिका-२,सल्यानकी ९० बर्षिया जगमती कार्की उमेरले ९ दशक टेकिसक्नुभएको छ । चाउरी परेका गाला, जीर्ण शरीर र अस्ताउन लागेको घाम जस्तै मलिन अनुहार छ।  बुढेशाकालमा देखिने धेरै रोगहरूले चारैतिरबाट लगाएको पर्खालजस्तै घेरेको छ ।

सन् १९८९ सालमा जन्मिनुभएकी बृद्धा कार्कीलाई बिहान–साँझ हातमुख जोड्न पनि धौ–धौ परेको छ । ९० बर्षको उमेरमा मागेर खान नसक्ने अवस्थामा रहनुभएकी कार्कीको रेखदेख र खर्च जुटाउने छोरा हेमबहादुरको जटिल समस्याले थलिनुभएको छ ।

हेमबहादुरले गाउँघरमा मागेर घरखर्च चलाउने गरेको अवस्थामा नशा च्यापिएको, मेरुदण्डका हड्डी लगायतका समस्या देखिएपछि आमासँगै थलिएपछि पेटभरी पेटभरी खाने खाद्यान्न समेत छैन् ।

बस्ने बास भएपनि कार्की परिवारमा खाने खाद्यान्न, लत्ताकपडार र भाडाकुडाँको अभाव छ । आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपरेको अवस्था छ ।९० बर्षको उमेरमा बृद्धा कार्कीले पेटभरी खाने, नियमित उपचारका लागि सहयोगको याचना गर्नुपर्ने अवस्था रहेको चिना बानियाँले बताउनुभयो ।

‘उहाँहरुको अवस्था निकै दयनीय छ,‘उपचार र अन्य सहयोगको पखाईमा हुनुहुन्छ’ बानियाँले बेनीअनलाइनलाई भन्नुभयो । आमाछोरा रोग र भोगले थलिएकाले सहयोगबाटै घरखर्च चलाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ । घरायसी साम्रागी र उपचारमा आर्थिक सहयोगको आवश्यकता रहेकाले सहयोगको याचना गरिएको छ ।
सहयोग र थप जानकारीका लागि ९८४७६३३५५७

Leave a Reply