बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका हुन् ।२०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि ६ वर्ष वितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी करिडोर अन्तरगत बेगखोलामा पक्की पुल तयार हुन सकेको छैन् । यसबर्ष असारको पहिलो दिनमै बाढीले आवतजावत बन्द भएपछि यात्रु अलपत्र परेका थिए ।

मोटरेपुलमा नबन्दा बर्खाको बेलामा भेलमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । खोलामा बहाफ बढेपछि अलपत्र पैदलयात्रीलाई डोजर र ट्रकमार्फत आवातजावत गराउँदै आएकोमा यसबर्ष पनि उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।

Leave a Reply