---Advertisement---

विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम

On: June 16, 2022 3:14 PM
Follow Us:

धनिलाल गर्बुजा जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय  स्तरीय सामुहिक लोकनृत्य  प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्नाम प्रथम भएको हो।

त्यस्तै प्रतियोगीतामा माध्यमिक विद्यालय तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र मुक्तिधाम मावि भगवती सान्त्वना स्थान हासिल गरेका छन्। अधरभुत तर्फ कालिका मावि तिप्ल्याङ्ग द्वितिय, महादेव मावि बेग तृतिय र महेन्द्र मावि झिं सान्त्वना स्थान हाँसिल  गरेका छन् ।

उक्त आधरभुत र माध्यमिक तहकमा प्रथम, द्वितिय, तृतीया र सान्त्वना हुने १/१ समुहलाई क्रमशः विस हजार, दश हजार, आठ हजार र चार हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नृत्य प्रतियोगितामा आधरभुत तर्फ ९ र माध्यमिक तहका ८ गरी जम्मा १७ विद्यालय सहभागी भएका थिए। भागलिने विद्यालयहरु क्रमशः नर्थ स्टार ईङलीस बोर्डिङ्ग, शिव आवि, शिद्धार्थ अवि, ज्ञानोदय आवि, महेन्द्र आवि, कालिका आवि, मुक्तिनथ आवि, जनता आवि, महादेव आवि, कालिका मावि, रघुगंगा मावि, महादेव मावि, ज्ञानोदय मावि, महेन्द्र मावि, मुक्तिधाम मावि, जनता मावि र अमर मावि पाखापानी रहेको थियो।

कार्यक्रमको निर्णायक सदस्यहरुमा कृष्णप्रसाद सुवेदी, ध्रुर्ब जिसी र राजकुमार परियार रहेका थिए। नेपाली कला, भाषा, धर्म संस्कृति तथा रीतिरिवाज झल्कने खालको नृत्यलाई प्रोत्साहन दिएको रघुगंगा शिक्षा प्रमुख प्रशासकीय अधिकृत तथा निर्णायक, सुवेदीले जानकारी दिनु भयो। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुका बीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको बताउनु भयो।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्यवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले  प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका असइ दुर्गा अधिकारीले बालविवाह, बहुविवाह, आत्महत्य दुरुत्साहन र जबरस्जस्ती करणी, सम्वन्धि जनचेताको सहजीकरण गर्नु भएको थियो।

गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी पुनको अध्यक्षता, खगराज सुवेदीकाे स्वागत र सावित्रा सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा इन्सेक म्याग्दीका प्रतिनिधि, मिलन म्याग्दीका प्रतिनिधि, अभिभावक, शिक्षक शिक्षिका, कर्मचारी, बिधार्थी लगायत २०० जनामा बढीको उपस्थिती रहेको थियो।