अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आजदेखि बेनी-मालढुंगा सडक दैनिक चार घण्टा बन्द

On: June 17, 2022 9:41 AM
Follow Us:
---Advertisement---

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक आज शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिएको छ। मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन असार ३२ गते सम्म दैनिक चारघण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइने जनाइएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोकिएको सडकखण्डमालढुङ्गादेखि जलजला गाउँपालिकाका हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

यसैबीच बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । पर्वतको मालढुङ्गा, हुँदै बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग बर्खाको समयमा भने बाढीपहिरोले अवरुद्ध गर्ने भएकाले नियमित मर्मत तथा सरसफाईको आवश्यकता रहेको छ ।