म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको नयाँ म्यूजिक भिडियो ‘मन भुल्छ’ बजारमा आएको छ । गित रिलिज भएलगत्तै राम्रो चर्चा बटुल्न सफल भयो । नेपाली संगीतमा दुतराजको सागितिक स्वाद अन्य गायकको भन्दा फरक भएकाले दश दिनमै झण्डै १९ लाखले यूटुवमा हेरेका छन् ।

सार्वजनिक भएको केही घण्टामै टिकटकमा समेत भाइरल भएको गीतको म्युजिक भिडियोलाई धेरैले हेरेर मन पराएका छन् भने धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाली सांगितिक क्षेत्रमा पछिल्ला केहीबर्ष यता दुतराजको फरक पहिचान र स्थान छ । यसअगाडी ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीतको करिब १ करोड ५० लाख पटक यूटुवमा हेरेका छन।

अहिले पनि गायक दुतराजको केही गित बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा झुण्डिएको पाइन्छ । सांगितिक क्षेत्रमा एउटै स्वादबाट आजित भएका दर्शकश्रोतलाई दूतराजको नयाँ र फरक शैलीले आर्कषित गरेको छ । आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ ।

हरेक गीतमा मौलिकतासँगै सामाजिक भाव दिने सन्देशहरू छरपस्ट हुने भएकाले धेरैको मनमा बस्न सफल दुतराजले एउटै गीतमा करिब आधा बर्ष तयारीमा जुटछन् । घेरै गीत रिलिजभन्दा एउटै गीतबाट धेरै दर्शकश्रोतलाई आर्कषित गर्ने स्वभावका दुतराजले नयाँ गीतमा पनि सोचेजस्तै साथ पाएको बताउँछन् ।

साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरेर गीतहरू पस्किने भएकाले पछिल्ला यूटुवमा मनग्य कमाइरहेको छ । ‘अब मैले गितसंगतीमा हेल्चेक्राई गर्ने छुट छैन्,‘थोरै गित बजारमा आएपनि राम्रो आउनुपर्छ भन्ने लाग्छ’ गायक दुतराजले भने । उनले आफ्नो गीत चर्चामा आउँदा जन्मभूमीलाई समेत सम्झिने गरेको बताए ।

म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए । ‘उनले आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए ।

कमाउनुभन्दा आफ्नो पहिचान ठूलो भएकाले मेहेनत गरेर मात्रै स्टुडियोमा प्रवेश गर्ने दुतराजको भनाई छ । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

Leave a Reply