जिल्ला भलिबल संघ म्याग्दीले पालिकास्तरमा संघ विस्तार गरेको छ । जिल्ला तथा पालिकास्तरमा भलिबल खेललाई थप ब्यवस्थित बनाउन अभियान अन्तरगत शनिबार रघुगंगा गाउँपालिकामा अशोक कुमार शाहीको अध्यक्षतामा भलिबल संघ गठन भएको छ ।

भेलाबाट उपाध्यक्षमा याम छन्त्याल,सचिव अरुण शाही,कोषाध्यक्ष मनिसा सिंजाली रहेका छन् । त्यसैगरी समितिको सदस्यहरूमा राम गर्बुजा,घमन गर्बुजा, भुपेन्द्र थापा,गिता पुन,रेशम मल्ल, टिका पूर्जा, धन रकाल जोनी थजाली, विर्धव शाही, निशान गर्बुजा, सुनिल शाही रहेका छन् । कार्यक्रमको उद्घाटन गदैं वडा अध्यक्ष खिमबहादुर शाहीले भलिबलमा रघुगंगाको आफ्नै परिचय रहेकाले थप अगाडी बढ्न अनुरोध गर्नुभयो ।

सोही अवसरमा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले रघुगंगामै जन्मिएर महिला भलिबल टिमको राष्ट्रिय टोलीको नेतृत्वमा अरुणा शाही पु्गेको बताउँदै खेलकुद क्षेत्रमा थप प्रभावकारी बनाउन आवश्यक सहकार्य गरिने बताउनुभयो । जिल्ला भलिबल संघका महासचिव कुमार किसान सहितको उपस्थिती रहेको कार्यक्रममा पालिकास्तरमा समेत खेलाडीको पहिचान गरी आवश्यक सहयोग गरिने बताइएको थियो ।

Leave a Reply