---Advertisement---

नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

On: June 18, 2022 10:00 PM
Follow Us:

नेकपा एमाले म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । शनिवार बेनीमा सम्पन्न चौथो जिल्ला कमिटीको पूर्ण बैठकले नेकपा एमालेबाट उम्मेदवार बनेर स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण चलाउने निर्णय गरेको हो ।

साउन दोस्रो सातासम्म सबै पालिका र वडामा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई समेत सहभागीता गराएर प्रदेश निर्वाचन क्षेत्र ‘क’ का तीन पालिकाको बेनीमा र ‘ख’ का तीन पालिकाको दरबाङमा प्रशिक्षण सञ्चालन गरिनेछ ।

बैठकमा पालिका कमिटीका अध्यक्ष, वडा कमिटीका इन्चार्जले निर्वाचनको रिपोटीङ प्रस्तुत गर्नुभएको थियो । जिल्ला जिल्ला अध्यक्ष देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो । केन्द्रिय सदस्य तथा सहइन्चार्ज नरदेवी पुनको प्रमुख आतित्यथामा सम्पन्न बैठकमा गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, सचिबालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ लगायत प्रदेश कमिटिका सदस्यहरु लगायतको समेत सहभागीता रहेको थियो ।