पर्वत जिल्लामा कुल १ सय१३ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ । वितेको ५ बर्षमा पर्वत जिल्लाले यति ठूलो उपलिब्ध हासिल गरेको हो । देशको चौथो सानो जिल्लामा वितेको ५ बर्षमा यति धेरै ग्रामीण सडक कालोपत्रे भएका हुन् । पछिल्लो समय जिल्लाका अधिकांश सडकहरु स्तरोउन्नतीको चरणमा रहेका छन् । ग्रामीण क्षेत्रको विकासमा यहाँका जनप्रतिनिधिहरुको इच्छा शक्ति पछिल्लो दिनमा उल्लेखनीय देखिन्छ ।

जिल्लाका ग्रामीण क्षेत्रलाई सुगम बनाउनका लागि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गरेको स्पष्ट देखिन्छ । जिल्लामा ग्रामीण सडक सञ्जाल ३ दशक अघि देखि नै शुरु भएको थियो । वितेका ३ दशकमा स्तरोउन्नती नभएका ति सडकहरु ५ बर्षमा उल्लेखनीय रुपमा परिर्वतन भएका छन् ।

जिल्लामा सडक सञ्जालसंगै मोटरेवल पुलको पनि उल्लेखनीय विकास भएको छ । जिल्लामा कुल १२ वटा मोटरेवल पुलको निर्माण कार्य सकिएको छ । ति पुलहरु अहिले सञ्चालनमा छन् । विभिन्न नदी नालाहरुमा पुल निर्माणले यो अवधिमा तिव्रता पाएको हो ।

जिल्लामा यो अवधिमा २ वटा ठूला आयोजना कार्यालयहरु मार्फत सडक पूर्वाधार निर्माणको काम भएका छन् । ग्रामीण सडक सञ्जल सुधार आयोजना र जिल्ला आयोजना कार्यालय भुकम्प मार्फत आयोजना गत कामहरु सम्पनन्न भएका छन् । उता, लोकमार्गहरु तर्फ मध्यपहाडी लोकमार्गको कार्यालय र कालीगण्डकी करिडोर आयोजना कार्यालय मार्फत पनि जिल्लामा सडक सञ्जाल सुधारका कामहरु यो अवधिमा सम्पन्न भएका छन् ।

जिल्लामा मुख्य गरी पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालय मार्फत पनि सडक कालोपत्रे बनाउने, सडक स्तरोउन्नती गरी विकास र विस्तार गर्ने कामहरु सम्पन्न भएका छन् ।पर्वत जिल्ला विकासको हिसावले अरु जिल्लाको तुलनामा तिव्र गति अघि बढेको तथ्यांकले बताउँछ ।

देशमा संघीयताको विकास भएपछिको पहिलो संघ तथा प्रदेशको निर्वाचनमा जनप्रतिनिधिहरुले जिल्लाका ग्रामीण सडकमा साइकल चढ्न मिल्ने बनाउने उद्घोण गरे बमोजीम यो अवधिमा सडक सञ्जालमा उल्लेखनीय सुधारका कामहरु भएकाछन्।

कालोपत्रे सम्पन्न बाहेक अझै झण्डै २ सय किलोमिटर सडकका मुख्य सञ्जाल सुधारको लागि योजनागत रुपमा अघि बढेको छ । सडक सञ्जाल सुधारका लागि थप ३ सय किलोमिटर सडक कालोपत्रे गर्न आवश्यक रहेको प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीको भनाई छ । जिल्लाका सवै वस्तीलाई सुगम बनाउन र सदरमुकाम तथा अन्य शहरसंग जोड्नका लागि क्रमबन्द रुपमा काम भईरहेको गिरी बताउँछन् ।

५ बर्ष अघि साइकलमा चढ्न मिल्ने सडक बनाउने उद्घोष गरेका गिरीसंग प्रदेशमा निर्वाचित सांसदहरु र राष्ट्रिय सभाका अध्यक्ष समेतले यो अवधिमा सडक सञ्जाल सुधारका आयोजनाहरुमा ध्यान केन्द्रित गरेका थिए । फलस्वरुपः अहिले जिल्लामा पूर्वाधार निर्माणको गति तिव्र छ । पछिल्लो बर्ष भने नयाँ आयोजनाहरुको काम शुरु हुने र पुराना आयोजनाको काम पनि अघि बढ्ने क्रममा भने रोकिएको छ । सरकार परिर्वतनसंगै पुराना आयोजनाहरुको गति रोकिँदा अपेक्षाकृत कामको चाप बढेको छैन् । महंगी र कोरोनाका कारण पनि कतिपय आयोजनाहरुको काम अघि बढ्न नसकेको हो ।

पर्वतबाट प्रकाशित हुने आजको अर्थ वीट साप्ताहिकमा खबर छ

Leave a Reply