जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित हुनुभएको छ ।आइतवार मुख्य निर्वाचनको कार्यालयमा सम्पन्न निर्वाचनमा ७÷७ मत प्राप्त गरि नेकपा एमालेका तर्फबाट थापा र खत्री निर्वाचित हुनुभएको हो ।

थापा बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर बाट र खत्री मंगला गाउँपािलका वडा नम्वर १ कुँहुबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रमुखमा निर्वाचित थापा नेकपा एमाले जिल्ला कमिटिका सहसचिव समेत हुनुहुन्छ ।

त्यस्तै जिसस प्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका मन कुमारी विश्वकर्माले ५ र उपप्रमुखमा नेपाली काँग्रेसकै सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । सदस्यहरु भने मनोनयन दर्ताकै दिन निर्विरोध हुनुभएको थियो ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा (बेनी) हुनुहुन्छ । उहाँहरु सवै नेकपा एमाले सम्वद्ध हुनुहुन्छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ मतदाता रहेका थिए । एमालेको ७, काँग्रेसको ३ र माओवादीको २ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।

Leave a Reply