---Advertisement---

यूवाको काँधमा महत्वपूर्ण जिम्मेबारी आएको छः जिसस प्रमुख थापा

On: June 19, 2022 10:27 PM
Follow Us:

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा निर्वाचित भएपछि प्रमुख राजकुमार थापाले आफ्नो काँधमा महत्वपूर्ण जिम्मेबारी आएको बताए ।लामो समयसम्म राजनीतिक, सामाजिक एवम् शैक्षिक गतिविधिमा काम गरेका थापाले जिसस प्रमुखमा निर्वाचित भएपछिको आफ्नो ध्यान जिल्लाको विकास तथा आवश्यकतामा सहजीकरण गर्नेतर्फ केन्द्रित हुने बताए।

जिसस प्रमुखमा निर्वाचित भएपछि थापाले सबै पक्षसँग सहकार्य गरी आफुँमा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्ने बताए ।सबै स्थानीय तहसँग सहकार्य गरी जिल्लाका आवश्यकतालाई प्रदेश र संघीय सरकारमार्फत स्रोत ब्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने बताए।

उनले जिसस प्रमुखको भुमिका समन्वय गर्ने भएपनि जिल्लाका आर्थिक, सामाजिक लगायत यिभिन्न क्षेत्रमा जनप्रतिनिधिसँगै यूवा जनशक्तीको सर्जनात्मक सोचको समेत प्रयोगमा प्राथमिकता दिने बताए । ‘समन्वयकारी भूमिकाबाट पनि धेरै काम गर्न सकिन्छ,‘निर्वाचन एउटा प्रक्रिया मात्रै हो, सबै पक्षसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ’ प्रमुख थापाले भने। आफुँ यूवा भएकाले यूवा जनशक्तीबाट धेरै अपेक्षा हुनसक्ने भएकाले युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थानीय तहलाई बजेटमा आवश्यक राय सुझाव दिने बताए।

‘यूवाहरू चेतना र जागरणका संवाह हुन्,विभिन्न सिर्जनात्मक काममा राज्यका निकायबाट सहयोग आवश्यक पर्छ’ थापाले भने । उनले जिल्लाका स्थानीय तहले नियमित प्राप्त गर्ने रोयल्टी, म्याग्दी जिल्लाभित्र रहेका हिमाल आरोहण गर्न आउनेहरुबाट लिइने रोयल्टीमा सहज पहुँच सहित हिमाली जिल्लाको घोषणापछिको कार्यान्वयन लगायत नीतिगत निर्णयहरूमा आफ्नो प्राथमिकता रहने बताए ।

जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत विभिन्न पक्षमा सक्रियता र नेतृत्व आवश्यकता भएकाले युवाको नवीन सोचको प्रयोगलाई सधै चासो दिनुपर्ने बताए। जिससमा निर्वाचित भएपछि बेनीअनलाइनसँग कुराकानी गदैं प्रमुख थापाले जिससबाट हुने हरेक गतिविधिलाई जिल्लाको सम्रग हितमा प्रयोग गदैं यहाँका सबै सरोकारवाला पक्षसँग सहकार्य गर्ने बताए । पद्स्थापनापछि भावी योजना सहितका गतिविधिमा केन्द्रित हुने उनले बताए । स्थानीय तहको निर्वाचनमा जित हारको मानसिकताबाट मुक्त भएर अब सबैले देख्न चाहेको म्याग्दी बनाउन सबै जनप्रतिनिधिले मिलेर काम गर्नुपर्नेमा उनको जोड छ ।