चिनीको मुल्य प्रतिकिलो ११० पुग्यो

एक महिना अगाडीसम्म बजारमा प्रति केजी ९० रुपैयाँमा चिनी किनेका संगमचोकका लक्ष्मण शर्माले सोमबार विहान प्रतिकिलोमा ११० रुपैयाँमा किने । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो । केही महिना अगाडी चिनको कृतिम अभाव देखाएर व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए ।

पछिल्लो समय भारतबाट आयात तथा नेपालमै उत्पादन घटेको भन्दै थप १० रुपैयाँ मृल्य बढेको ब्यापारीको भनाई छ । चिनीसँगै अन्य घरायसी सामानको मुल्यमा समेत उनले विगतको तुलानमा न्यूनतम ५ देखि १५ रुपैयाँसम्म मुल्यबृद्धि भएको बताए ।

किचनमा आवश्यक पर्ने खाद्यान्न साम्रागी, तरकारी सहित अन्य बस्तुको मुल्य छोइनसक्नु भएको उपभोक्ताको भनाई छ । ‘प्रतिकेजी चिनीमै २० रुपैयाँ बढेको छ,‘भान्सामा चाहिने सबै बस्तुको मुल्य बढेको छ’ एक उपभोक्ताले भने । भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा अझै मुल्य बढ्ने अनुमान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको बताए ।

‘पुरानो स्टक भएमा १०५ सम्म बिक्री गरिरहेका छन्,‘उतैबाट मुल्य बढेर आएको छ’ अध्यक्ष कटुवालले भने । देशका विभिन्न जिल्लामा उत्पादक र व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएपनि म्याग्दीका ब्यापारीले गोठाममा भएको चिनी बिक्री गरिरहेको म्याग्दी उवासंघले जनाएको छ।

Previous articleनागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम
Next articleऐतिहासिकस्थल संरक्षण अभियान सुरु