एक महिना अगाडीसम्म बजारमा प्रति केजी ९० रुपैयाँमा चिनी किनेका संगमचोकका लक्ष्मण शर्माले सोमबार विहान प्रतिकिलोमा ११० रुपैयाँमा किने । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो । केही महिना अगाडी चिनको कृतिम अभाव देखाएर व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए ।

पछिल्लो समय भारतबाट आयात तथा नेपालमै उत्पादन घटेको भन्दै थप १० रुपैयाँ मृल्य बढेको ब्यापारीको भनाई छ । चिनीसँगै अन्य घरायसी सामानको मुल्यमा समेत उनले विगतको तुलानमा न्यूनतम ५ देखि १५ रुपैयाँसम्म मुल्यबृद्धि भएको बताए ।

किचनमा आवश्यक पर्ने खाद्यान्न साम्रागी, तरकारी सहित अन्य बस्तुको मुल्य छोइनसक्नु भएको उपभोक्ताको भनाई छ । ‘प्रतिकेजी चिनीमै २० रुपैयाँ बढेको छ,‘भान्सामा चाहिने सबै बस्तुको मुल्य बढेको छ’ एक उपभोक्ताले भने । भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा अझै मुल्य बढ्ने अनुमान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको बताए ।

‘पुरानो स्टक भएमा १०५ सम्म बिक्री गरिरहेका छन्,‘उतैबाट मुल्य बढेर आएको छ’ अध्यक्ष कटुवालले भने । देशका विभिन्न जिल्लामा उत्पादक र व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएपनि म्याग्दीका ब्यापारीले गोठाममा भएको चिनी बिक्री गरिरहेको म्याग्दी उवासंघले जनाएको छ।

Leave a Reply